© २०२३
बुटवल, ११ साउन । सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) परिसरमा रहेको रोटरी बगैचा सरसफाइ तथा वृक्षारोपण गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनबाट स्थापना गरिएको बगैचाको २२ नं बाहिनी अडा ब्यारेक, रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, बुटवल रामापिथेकस लगायत संस्थाको सहयोग बिहिबार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागी क्लबका एसाईन एजी सुनिल श्रेष्ठले रोटरीको सेभेन फोकस एरियाभित्रमध्येको एक महत्वपुर्ण पाटोको रुपमा यो रहेको बताए । अस्पतालमा उपचार गर्न आउने बिरामीहरुलाई भुलाउन बगैचा उपयोगी भएको उनले बताए । कोडिभ संक्रमणको बेला रोटरीमार्फत ७० लाख रुपैया बराबरको अक्सिजन प्लान्ट स्थापना गरिदिएको स्मरण गर्दै आगामी दिनहरुमा थप सहकार्य गर्ने प्रतिवद्धता जनाए । रुपन्देहीका हरेक जसो पार्कहरुमा रोटरीबाट सहकार्य गरेर सौन्दयीकरण गर्ने काम भएको उनले बताए । ‘रोटरीको पहिचान नै हातेमालो हो जुन एकअर्कासंग सहकार्य भन्ने हुन्छ ।’—उनले भने । यो उद्येश्यमा आफुहरु निरन्तर लागेको उनले बताए । भाषणभन्दा पनि कामलाई प्राथमिकता दिनुपर्ने सुझाव दिदै उनले सहयोगको लागि नेपाल आर्मीको योगदानप्रति विशेष आभार ब्यक्त गरे ।
सन २००४ मा क्लबका अध्यक्ष यज्ञ प्रसाद कसजुको बेला गार्डेन बनाउने काम शुरुवात भएका भन्दै उनले केही वर्षसम्म फुलहरु गोडमेल र सरसफाईका लागि माली (कामदार) राखीएको पुर्वअध्यक्ष पिताम्बर ज्ञवालीले स्मरण गरे । सन २००२ मा क्लब स्थापना भएदेखि योजना बनाएर २००३ मा पार्क स्थापना गरेको उनले बताए । अस्पतालमा उपचारमा आउने बालबालिकाहरुलाई केही समय भुलाउने गरि पार्क निर्माण गरिएको भएपनि यसको नियमित सरसफाई र सौन्दयीकरणमा अस्पताल प्रशासनको ध्यान जान नसकेको गुनासो गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष कमला हमालले आफनो कार्यकालमा महिला शसक्तीकरणको कार्यक्रमलाई जोड दिने बताईन । अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाहरुलाई थोरै समय भएपनि रिफ्रेस हुने गरि रोटरी क्लब अफ डाउनटाउनले रोटरी चिल्ड्रेन पार्क निमार्ण गरेको उनले बताईन । पार्कमा बस्दा थोरै समयभएपनि बिरामी र आफन्तलाई आनन्द र सितलता प्रदान गर्ने उनले बताए ।
सरसफाई कार्यक्रमलाई बाहिनीका १ सय ५० जना सैनिकहरुबाट श्रमदान गरेका थिए । करीब डेढ बिगाहा क्षेत्रफलमा रोटरी गार्डेनमा बगैचा, रोटरीको लोगो, बिश्राम स्थल, बच्चाहरुलाई पिङ लगायतका पुर्वाधार निमार्ण भएको छ । कार्यक्रममा डिष्ट्रिक पब्लिक ईमेज चेयर राजकुमार गुप्ता, २२ नं बाहिनीका बाहिनीपति सहायक रथि ललित बहादुर कुवर, सहायक बाहिनीपति महासेनानी खेमराज शर्मा, क्लबका निर्वमान अध्यक्ष भरत राना, बुटवल ४ का वडाअध्यक्ष नरेश्वर शर्मा पौडेल, पब्लिक ईमेज चेयर भिमराज श्रेष्ठ, पुर्वअध्यक्ष पिताम्बर ज्ञवाली र सचिव प्रकाश पौडेलले नियमित सरसफाई र गोडमेलमा ध्यान दिनुपर्ने बताए ।