ट्रेंडिंग:

>> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

केरवानी स्वास्थ्य चौकीले गर्यो बार्षिक समीक्षा र योजना तर्जुमा

११ श्रावण २०८०, बिहीबार
११ श्रावण २०८०, बिहीबार

बुटवल, ११ साउन ।

केरवानी स्वास्थ्य चौकीले बार्षिक समिक्षा, योजना तर्जुमा तथा सेवा सम्बन्धी अभिमुखीकरण करण कार्यक्रम सम्पन्न गरेको छ ।

एक कार्यक्रमका बीच आर्थिक वर्ष २०७९÷०८० मा स्वास्थ्य चौकीद्वारा आफ्नै पहलमा भएका विभिन्न नविनतम कार्यहरु सार्वजनिक गरेको स्वास्थ्य चौकी प्रमुख काशिराम रेग्मीले बताए । जस अन्तर्गत भिडियो एक्सरे सेवा संचालन, महिलाहरुको पाठेघरको मुखको क्यान्सरको भिआइए विधिद्वारा नियमित जांँचको शुभारम्भ, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, स्वास्थ्य शिविर लगायतका अतिरिक्त स्वास्थ्य सेवा पनि केरवानी स्वास्थ्य चौकीले उपलब्ध गराएको उनले जानकारी दिए ।

उनले स्थानीय बासिन्दा, टोल विकास संस्था, वडा कार्यालय र स्थानीय सरकार, समाजसेवी एवं सरोकारवाला निकायको सहयोग रहेमा जिल्लामै उत्कृष्ट स्वास्थ्य चौकी बनाउन सकिने उनले बताए ।

कार्यक्रममा स्वास्थ्य सुचकांकहरुको लक्ष्य तथा प्रगति, चालु आर्थिक वर्ष २०८०÷८१ मा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि मिति गत साउन ५ गतेको स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको निर्णयानुसार तथा कर्मचारी बैठकको निर्णयअनुसार तयार गरिएको वर्ष भरिको कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रस्तुत भएको प्रस्तुतिकरण अनुसार स्वास्थ्य सुचकांंकका सम्पुर्ण प्रगतिहरु लक्ष्य भन्दा माथि रहेको र खोप, क्षयकुस्ठ, आमा सुरक्षा, लगायतका कार्यक्रममा शतप्रतिशत प्रगति रहेको देखिएको र उक्त कार्यक्रमहरु निरन्तर कायम गर्ने स्वास्थ्य चौकीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै देवदह स्वास्थ्य शाखा नर्सिङ निरीक्षक माया पुनले स्वास्थ्य स्वयं सेवीका र स्वास्थ्यका सम्पूर्ण कर्मचारीको उत्कृष्ट सेवाकै कारण केरवानी स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट स्वास्थ्य चौकी मध्यको एक हुन सफल भएको बताइन् ।

कार्यक्रममा पुर्व वडा अध्यक्ष धर्मागत पाण्डे, वडा सदस्य णप्रसाद न्यौपाने, समाजसेवी झबिन्द्र प्रसाद पाण्डेय, स्वास्थ्यकर्मी उमानन्द भुसाल लगायतले आफ्ना भनाई राखेका थिए ।

देवदह २ मा रहेको केरवानी स्वास्थ्य चौकीमा दैनिक बिरामी जाँच तथा उपचार सेवा, निशुल्क औषधी, प्रयोगशाला सेवा, एकीकृत बालरोग व्यवस्थापन सेवा, शीघ्र कुपोषणको एकिकृत व्यवस्थापन सेवा, सुरक्षित गर्भपतन सेवा, भिडियो एक्सरे सेवा, परिवार नियोजन सेवा, पोषण तथा खोप सेवा, महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि भिआइए जांच सेवा, क्षयरोग, कुष्ठरोग, मलेरिया उपचार सेवा, २४ घन्टा सुरक्षित प्रसुति सेवा, साप्ताहिक विशेषज्ञ सेवा लगायतका सेवाहरू उपलब्ध रहेको कार्यक्रमका अध्यक्ष देवदह नगरपालिका वडा नं. २ का अध्यक्ष तथा केरवानी स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष दलबहादुर राकस्कोटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?