Butwal Today

सोह्रखुट्टेस्थित एक घरमा राजस्वको छापा, ६६ कार्टुन ‘ब्रेक शु’ बरामद

१० श्रावण २०८०, बुधबार
अ+
अ-

काठमाडौं, १० साउन ।

राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटन बरामद गरेको छ।

बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा सो परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो।

उक्त गोदाममा छापा मार्दा भेटिएको उक्त सामान राजस्व अनुसन्धान विभागले लगेको छ।

ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व स्रोतले जानकारी दिएको छ।

ती सामानहरू कसका हुन् भन्ने खुलेको छैन।