© २०२३
दाङ, १० साउन ।
जिल्लाको घोराही उपमहानगपालिका–१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खनालले ती किशोरीलाई विवाह गर्छु भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।