ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

आर्थिक लकडाउनमा परेका होटेललाई उद्योगको मान्यता दिन माग

प्रहरी भन्छ : छुट्टै क्षेत्र तोकेर रात्रिकालिन ब्यवसाय चलाउन सकिन्छ
१० श्रावण २०८०, बुधबार
१० श्रावण २०८०, बुधबार

बुटवल, १० साउन । आर्थिक समस्या झेलिरहेको होटल ब्यवसायलाई सरकारले पर्यटन उद्योगको मान्यता दिनुपर्ने ब्यवसायीहरुले माग गरेका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधबार बुटवलमा गरेको शान्ति सुरक्षा तथा समसामयिक विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले पर्यटन उद्योगको घोषणा गरे अनुसार सरकारबाट ब्यवसायीक हकहितका क्षेत्रमा आवश्यक कामहरु हुनुपर्ने बताए । कार्यक्रममा संघका जिल्ला अध्यक्ष लेखनाथ भण्डारीले ब्यवसायीक हकहितको पक्षमा सरकारबाट आवश्यक पहल नभएको दुखेसो गरे । ‘कोभिड १९ संक्रमण र अहिले आर्थिक समस्या ब्यवसायीहरुले झेलिरहेका छौ ’— उनले भने । सरकार घोषणामात्र गर्ने तर ब्यवहारमा लागु गर्नेतर्फ ध्यान नदिएको उनले गुनासो गरे ।
कार्यक्रमको उद्घाटन गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक दान बहादुर थापाले शान्ति सुरक्षा साझा उद्देश्य भए मात्र कार्यान्वयन सहज हुने बताए । प्रविधिमैत्री साधनश्रोत बिना शान्तिसुरक्षा सहज नहुने उनले बताए । अपराध घट्नका लागि बदनियत राख्ने, सामथ्र्य र अवसर तीन मुख्य कुरा हुनुपर्ने बताए । अवसर खोज्न होटल, रेष्टुरेन्टलाई रोज्ने गरिएको उनले दाबी गरे । गोपनियता महत्वपूर्ण हुने भन्दै होटल ब्यवसायीहरुको ग्राहकको बिवरणप्रति प्रहरी प्रशासन र सुरक्षा हितबाहेक गोप्य राख्ने दायित्वमा पर्ने बताए । रात्रिकालिन ब्यवसायीहरुको बिरोधी नभएको दाबी गर्दै उनले समुदाय अनुसार यो संचालन गर्न मिल्ने बताए । ‘हामी कुन सोसियो कल्चरमा छौ भन्ने कुरा महत्वपूर्ण छ’— उनले भने । धेरै जिल्लाबाट बसाईसराई भएर आएको विविध क्षेत्रका बसोबासी रहेको तथा बैमन्यश्यतालाई पूरा गर्ने अवसरका रुपमा लिने गरिदा रात्रीकालिन ब्यवसायमा समस्या देखिएको उनले बताए । प्रहरी सधै कानुन कार्यान्वयन गर्ने पक्षमा ३ वटा पीलाई कार्यान्वयन गर्ने बताए । शान्ति सुरक्षा, अमनचयन कायम गर्नका लागि प्रवद्र्धनात्मक गतिविधि, निरोधात्मक विधि र दण्डनात्मक नीति लागु गर्ने उनले बताए । आर्थिक अनुसासन नीतिलाई पुर्ण रुपमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाउदै उनले जिरो टोलोरेन्स कायम गर्ने बताए । सम्बन्धलाई रुख र जराजस्तै हुने उदाहरण दिदै उनले प्रहरी र होटल ब्यवसायीहरुको सम्बन्धलाई यसरी नै ब्यवहारमा लागु गर्न अग्रह गरे । सामाजिक सजाल अरुलाई होच्याउने गरि प्रयोग भएको उनको गुनासो छ । थोरै प्रतिशत गलतबाट ठूलो समुहलाई दबाउने काम हुने गरेको उनले बताए । अतिबाद हुने ठाउमा शान्ति नहुने भन्दै उनले आफुले आफैलाई नियन्त्रण गर्न सक्नुपर्ने बताए । सामाजिक सद्घाव र चिन्तनलाई सोच्नुपर्ने बेला भएको बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष माधव खनालले कोभिड १९ को संक्रमणबाट भर्खर उठ्न लागेको पर्यटन क्षेत्रमा फेरि आर्थिक लकडाउन भएको बताए । नेपालको जल, पर्यटन र कृषि राष्ट्रको आर्थिक मेरुदण्ड मानिएको उनले दाबी गरे । पर्यटन क्षेत्रमा ठूलो लगानी भएको उनले दाबी गरे । सानो देशहरु अहिले पर्यटनबाट आर्थिक समृद्धि हुन सफल भएको दाबी गर्दै उनले नेपाल प्राकृतिक बरदान पाएको नेपाल उत्कृष्ट गन्तव्यका रुपमा रहेको बताए । रात्रीकालिन सेवा र शान्ति सुरक्षा, एउटै सिक्काको दुई पाटा भएको दाबी गर्दै यसलाइ सहि ढंगबाट ब्यवस्थापन जरुरी रहेको बताए ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष तथा संघका प्रमुख सल्लाहकार माधव नेपालले बुद्ध जन्मस्थल लुम्बिनी, उजिरसिहको सामरिक महत्व, रामापिथेकसको बंगारा भेटिएको साथै पर्यटकिय स्थललाई भजाएर आर्थिक समृद्धि गर्न सकिने सम्भावना रहेको थलो भएको बताए । आफनो ४० वर्षको लामो ब्यवसायको कार्यकालको अनुभव सुनाउंदै होटल सामान्य पेशाका रुपमा लिईने भएपनि त्यस्तो नभएको दाबी गरे । समुदायको सुधार गर्ने कामलाई सबैको साथ र सहयोग जरुरी हुने उनले बताए । बुटवलमा कालिका पथ र अमरपथबाट रात्रीकालिन ब्यवसाय शुरुवात गर्ने तयारी रहेको उनले बताए । नया पुस्तामा नेतृत्व हस्तान्तरण भईरहेको भन्दै गम्भीर भएर ब्यवसायी लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले रात्रीकालिन ब्यवसायको विषयमा समाजको फरकफरक दृष्टिकोणका कारण समस्या आईपरेको बताए । आवासिय क्षेत्रमा संचालन गर्न धेरै कठिनाई रहेको भन्दै उनले छुट्टै क्षेत्र तोकेर रात्रिकालिन ब्यवसाय चलाउन सकिने बताए ।
जिल्ला सुरक्षा संयन्त्रको बैठकबाट निर्णय भए अनुसार आफुहरु कार्यान्वय गरेको उनले दाबी गरे। राजमार्ग, अस्पताल, बिमानस्थल क्षेत्रमा पर्यटक रातिको समयमा भित्रदा समस्या भोग्नुपरेको गुनासो आएको भन्दै छिट्टै नै यसको ब्यवस्थापन हुने उनले बताए ।
ब्यवसायीहरु स्वनियमलाई पालना गरेर तोकिएको समयमा बन्द गर्न सके सहज हुने उनले बताए । राति १२ बजेपछिको समयमा सबैभन्दा धेरै घटना घटेको उनले दाबी गरे । सवारी दुर्घटना, लुटपाट, मारपिट, हत्याजस्ता घटनाहरु हुने गरेको उनले बताए ।
कार्यक्रममा होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसीले होटल ब्यवसायीहरु आफ्नो आचारसंहिता पालना गरेर ब्यवसाय संचालन गर्नुपर्ने बताए । बसपार्क क्षेत्रमा हुने गरेको यौनकर्मीहरुलाई बिकल्प दिएर रोक्नुपर्ने उनले सुझाव दिए । ‘ब्यवसायीहरु आचारसंहितामा बस्नुपर्छ’— उनले भने ।
निवर्तमान अध्यक्ष रामकुमार गौतमले होटल निक्कै संवेदनशील क्षेत्र भएको बताए । कतिपय घटनाको योजना बुन्नेदेखी, हत्याआत्महत्यासम्मका घटनाहरु हुने थलो बन्न सक्ने हुदा पनि सुरक्षा संवेदनशील अप्नाउनुपर्ने उनले सुझाव दिए ।
स्थानीय पालिकाबाट कालिकापथ राति ११ बजेसम्म खुल्ने घोषणाभएपनि त्यो कार्यान्वयन हुन नसकेको उनले बताए । दोहोरी सांझ, डान्स बार लगायतका पर्यटन उद्योग जुन रातिको समयमा चल्ने भएपनि सुरक्षाकै कारण देखाई चांडो बन्द गराउने कारण कठिनाई देखिएको उनले बताए ।
लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव दिपक गरौजाले नेपाली लोकदोहरीको संरक्षणसंगै कलाकारलाई ब्यवसायीकरण गर्ने रुपमा दोहोरी सांझ प्लेटफर्म भएको दाबी गरे । दोहोरी सांझलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संघका महासचिव अर्जुन थापा, तिलोत्तमा शाखाका संयोजक मीन तिवारीले होटल ब्यवसायीहरुको समस्यामा सरकारको ध्यान जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?