© २०२३
बुटवल,९ साउन । बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई विद्यालयले अभिमुखीकरण कार्यक्रम गरेको छ ।
मंगलबार आयोजना गरिएको कार्यक्रममा विद्यालयका सहप्राचार्य रामचन्द्र बस्यालले विद्यार्थीहरुले लक्ष्य प्राप्तीका लागि अनुसाशीत र समयनिष्ट बनेर पढ्नुपर्ने बताए । विद्यार्थी र अभिभावकको चाहाना र रूचिअनुसार विद्यार्थीमैत्री पठनपाठन,अतिरिक्त क्रियाकलाप सहित विद्यालयलाई थप स्तरोन्नति गर्दै अगाडि बढ्ने बस्यालले बताए । उनले विद्यालयमा आवश्यकता अनुसार अन्य विषयहरू पनि थप गर्दै जाने स्पष्ट पारे । उनले व्यवस्थापन संकायमा विद्यालय बुटवलमै उदाउंदो र अब्बल बनेकाले सबै वर्ग र समुदायका विद्यार्थीको रोजाई बनेको बताए ।
विद्यालयका प्लस टु संयोजक जनकराज भुसालले विद्यालयमा एक वर्षमा हुने विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।
कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढाउँदै आएको विद्यालयमा यो वर्ष फाइनान्समा ५० जना, होटल म्यानेजमेन्ट तथा टुरिजममा १५० जना र कम्प्युटर साइन्समा ३० जना विद्यार्थी भर्ना भएका विद्यालयका प्लस टु प्रमुख गुरुदत्त पौडेलले बताए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत र नृत्य प्रस्तुत गरी रमाएका अंग्रेजी विभाग प्रमुख खिमबहादुर पाण्डेले जानकारी दिए ।