© २०२३
नवलपुर, ९ साउन । कालीगण्डकी कोरिडोरको पूर्बी नवलपरासी खण्ड सोमबार साँझको झरीसंगै अबिरल बर्षाका कारण अबरुद्द भएको छ । एक हप्तादेखि संचालनमा आएको सो सडकका आधा दर्जन बढी ठाउमा क्षति पुगेसंगै अवरुद्ध भएको हो ।
जिल्लाको गैंडाकोटबाट पहाडी बुलिगंटार र बौदीकाली गाउँपालिका हुँदै पाल्पा रामपुर राम्दी, स्याङजा चल्ने कालीगण्डकी करिडोर र दलदले द्यौबादी सडक आज बिहानदेखि अबरुद्द भएको गैडाकोटका नारायण गौडेलले बताए । मंगलबार बिहानदेखि पहाडी क्षेत्रमा यातायात अबरुद्ध हुन पुगेपछि यात्रुहरुलाई सास्ती हुनुुको साथै त्यस क्षेत्रमा खाधान्न, औषधीलगायतका अत्यावश्यक सामाग्रीको ढुवानीसमेत बन्द भएको बुलिगंटारका —१ का गोपाल दर्लामी मगरले बताए ।
गैडाकोट हुदै बुलिगंटारको कोटथर, डाडाँझेरी, बुलिगंटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचागं, नरम, जौबारी, धौबादी हुदै पाल्पा, राम्दीसम्म चल्ने दुई वटा सडक पहिरोले अबरुद्ध बनाए पछि बाटो सूचारु हुन समय लाग्ने बुलिगटार गाउँपालिकाका रामजी श्रेष्ठले बताए ।
दलदले धौबादी सडक खण्डको कुमसोत पाँग्रे खण्डमा गएराती देखि दर्जनौ ठाउँमा पहिरो जाँदा अबरुद्द बनेको पानी निरन्तर परिहेकाले बाटो मर्मतका लागि समय लाग्ने र पानी रोकिए पछि काम थाल्न सकिने देबचुलीे मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद मरासिनीले बताए । बर्षा याममा पहाडी क्षेत्रका जनताले सधै दुख खेप्नु परिरहेको दलदलेका धर्म बस्यालले गुनासो पोखेका छन ।
उता गैंडाकोट कालीगण्डकी मोटरबाटोमा चार स्थानमा पहिरो गएको र तरँग खोलामा पुल बन्न नसक्दा खोला तर्न नै नसकिने भएकाले यातायात बिहानदेखि बन्द भएको । पहाडी क्षेत्रलाई जोडने दुबै सडक अबरुद्द भए पछि त्यस भेगमा खाद्यन्न, औषधीको अभाब हुन सक्ने बौदीकाली गाउँपालिकाका समाजसेबी दुुर्गा रानामगरले बताए । दैनिक दुई सय बढिको संख्यामा सवारी साधन गुडने् ती दुबै सडक बन्द हुदाँ पहाडी क्षेत्रका जनताले कति दिनसम्म सास्ती ब्यहोर्नुपर्ने एकिन नभएको बुलिगंटारका प्रेमबहादुर मगरले बताए ।