ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

तुलसीपुर उपमहानगरमा स्थानीय पाठ्यक्रम तयार

९ श्रावण २०८०, मंगलवार
९ श्रावण २०८०, मंगलवार

दाङ,९ साउन । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम अनुसारको पुस्तक तयार पारेको छ । तुलसीपुर उपमहानगरपालिकाले प्रकाशनमा ल्याएको हाम्रो तुलसीपुर पाठ्यपुस्तक अब विद्यार्थीहरुको हातहातमा पुग्ने भएको छ । हाम्रो तुलसीपुरको नगरप्रमुख टीकाराम खड्काले मंगलबार विमोचन गरेका हुन् । कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम गतवर्ष नै तयार पारेको थियो । कक्षा चारदेखि आठसम्मका लागि पाठ्यपुस्तक तयार पारिएको हो । कक्षा ४,५,६,७ र ८ कक्षाको पाठ्यपुस्तक विमोचन गरेको हो ।

नगरप्रमुख टीकाराम खड्काले विद्यालयमा पुग्दा शिक्षक र विद्यार्थीबाट पाठ्यपुस्तक माग भएपछि पाठ्यपुस्तक तयार पारिएको बताए । नगरप्रमुख खड्काले विद्यार्थीहरुलाई स्थानीयताको अपनत्व,परिचय,विषयगत जानकारी प्रदान गर्दै सिकाइ उपलब्धि हासिल गराउनका लागि पाठ्यपुस्तकलाई प्राथमिकतामा राखेर प्रकाशन गरिएको बताए । नगरप्रमुख खड्काले स्थानीय पाठ्यक्रममा विद्यार्थीमा नैतिकता,अनुशासन दिलाउनका लागि योग,नैतिक शिक्षाको विषयवस्तु समावेश गरिएको बताए ।
उपप्रमुख स्यानी चौधरीले शिक्षाको सुधार र सिकाई उपलब्धि हासिल गर्नका लागि स्थानीय पाठ्यपुस्तकको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले पाठ्यपुस्तक कार्यान्वयनमा शिक्षकको महत्वपूर्ण भूमिका रहने बताइन् । स्थानीय पाठ्यपुस्तकले स्थानीयस्तरका बस्तु र स्थानका बारेमा जानकारी दिने बताइन् ।

शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख चक्रबहादुर भण्डारीले स्थानीय भाषा,संस्कृति,कला,पर्यापर्यटन,जैविक विविधता,पेशा,व्यवसायलाई समेटिएर पाठ्यपुस्तक तयार पारिएको बताए । उनले पाठ्यक्रमबाट मात्रै विद्यार्थीहरुमा सिकाइ उपलब्धि हासिल गराउनका लागि विषयगत जटिलता देखिएपछि पाठ्यपुस्तक तयार पारिएको बताए । शाखा प्रमुख भण्डारीले मुद्रण गरिएकाले पाठ्यपुस्तक तत्कालै विद्यार्थीसमक्ष पु¥याइने बताए । उनले आगामी शैक्षिण सत्रमा कक्षा एकदेखि तीनसम्मको पाठ्यपुस्तक प्रकाशन गरिने बताए ।
पाठ्यपुस्तक सम्पादनमण्डलका सदस्य उपप्राध्यापक महेन्द्र भण्डारीले छोटो समयमै पाठ्यपुस्तक तयार पार्दा स्थानीयस्तरमा रहेका सूचनाको प्राप्त गर्न नसक्दा केही त्रुटि रहने भएकाले पाठ्यपुस्तक पढेर सुझाव दिन आग्रह गरे । स्थानीय पाठ्यपुस्तक तयार कार्यदलका सदस्य डिल्ली अधिकारीले स्थानीय पाठ्यक्रममै आधारित रहेर पाठ्यपुस्तक तयार पारिएको बताए । उनले पाठ्यपुस्तकलाई व्यवहारिक र ज्ञानमुलक बनाउने गरी तयार पारिएको बताए । कार्यक्रममा शाखा प्रमुख चक्रबहादुर भण्डारी र मानबहादुर खड्काले स्थानीय पाठ्यक्रमले तुलसीपुरका बारेमा विद्यार्थीले धेरै कुरा जान्ने मौका पाउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?