© २०२३
बुटवल,९ साउन । केन्द्रीय समितिको बेठक जारी रहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसारअपराह्न ४ बजे धुम्बाराहीमा बैठक बोलाइएको हो ।
पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठकमा उठेका विषयवस्तु र सम्भावित निर्णयबारे छलफल हुनेछ ।
साउन २ देखि सानेपामा जारी केन्द्रीय समितिको बैठक भोलि अपराह्न ४ बजे बस्दैछ । बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै पदाधिकारीहरूले जवाफ दिइसकेका छन् ।
१० वटा एजेन्डा केन्द्रित बैठकमा भोलि देउवाले जवाफ दिएर टुंग्याउने तयारी छ ।