© २०२३
बुटवल,९ साउन । गए रातीदेखिको अबिरल बर्षाका कारण सैनामैनाको भड्छामा एक घर डुबानमा परेको छ । ईङगुरीया खोलामा आएको बाढीले सैनामैना ८ भड्छा निवासी शङ्खमुनी थारुको घर डुवानमा परेको हो ।
घर गोठ डुबानमा परेपछि निजका परिवारका तीनजना सदस्य र ५ वटा बाख्रा चौपायालाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोली तथा स्थानीयको संयुक्त प्रयासमा उद्दार गरी स्थानीय लक्ष्मण गैरेको घरमा अस्थायीरुपमा पुनःस्थापना गरिएको वडा अध्यक्ष बुद्धिराम चौधरीले जानकारी दिए ।
तस्वीर सौजन्य : अमृत गिरी