© २०२३
बुटवल,८ साउन ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने लिखित प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा राखेका छन् ।
पार्टी कार्यालय, सानेपामा सोमबार बसेको बैठकमा थापाले सुशासनसम्बन्धी १३ बुँदे लिखित प्रस्ताव राखेका छन् । उनको प्रस्तावमा कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ भन्ने उल्लेख छ ।