© २०२३
बर्दघाट, ७ साउन । पछिल्लो समय पशुमा फैलिएको लम्पिस्कीन रोग विरुद्धको खोप बर्दघाट नगरपालिकामा सोमबाट बाट लगाइने भएको छ । नगरको पशु सेवा प्राविधिक सहितको आईतबार बसेको बैठकले बर्दघाट नगरपालिका भित्र रहेका गाई र भैसिलाई सोमबार देखी लम्पिस्किन विरुद्धको भ्याक्सीन लगाउने निर्णय गरेको हो ।
लम्पीस्किन विरुद्धको खोपका लागि प्राविधिकहरुलाई नगरका विभिन्न वडाको जिम्मेवारी दिइएको छ । जस अनुसार वडा नम्बर १४, १५, १६ मा रामप्रसाद पौडेल, १२,१३ भिम बहादुर थारु, ८,९ लेखनाथ बस्याल, २, ३, ४, १०, ११ रमेश पाण्डेय, १, ५, ६, ७ अभिषेक लामिछाने रहेको पशुपंक्षी विकास शाखाका प्रमुख भरत लम्सालले जानकारी दिए ।। लम्सालका अनुसार नगरमा ३ हजार ५ सय गाई बाच्छा बाच्छी र ३ हजार भैसी पाडा पाडी गरी ६ हजार ५ सय पशुलाई खोप लगाईनेछ ।
२०७७ सालमा नगरमा देखिएको लम्पिस्किन रोगबाट ५ देखी १० प्रतिशत पशुको मृत्यु हुने पशुस्वास्थ्य प्राविधिक चन्द्रकला रेग्मीले बताइन ।
जिउमा फोका आउनु, पशुको खुट्टा सुनिनु, पशुलाई ज्वरो आउनु लम्पिस्किनका लक्षणहरु रहेका छन् । भुसुना तथा अन्य किराहरुको टोकाईबाट यो रोग एक पशुबाट अर्को पशुमा सर्ने गरेको पशुसेवा प्राविधिकहरु बताउँछन् ।