© २०२३
लमही, ७ साउन ।
रोटरी क्लब अफ दाङ र पन्त ग्लोबल कन्सल्टेन्सीको संयुक्त आयोजना, नेपाली सेना रणसिंह दल गण घोराहीको संरक्षण रहने गरी आइतबार घोराहीको विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र वृक्षारोपण पार्टनर तथा रिलायबल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा घोराहीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाली सेना रणसिंहदल गण भरतपुर घोराहीमा करिब १०० बढी बिभिन्न जातका फलफुल बिरुवा रोपण गरी सुरु गरिएको कार्यक्रम लगत्तै घोराही क्रिकेट रंगशालामा जाली सहितको १० र अन्य १० वटा फुलहरुको बिरुवा रोपिएको थियो । त्यसैगरी अन्त्यमा सिद्धनाथ मठ चौघेरा दाङमा धार्मिक प्रजातिका बिशेष गरी २० वटा बेल, तेजपत्ता लगायत करिब ५० वटा फुलहरु रोपेर वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।
नेपाली सेना रणसिंहदल गण भरतपुरमा औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रम सुरु गरिएको थियो । रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप मजगैयाँ र रणसिंहदल गणका प्रमुख सेनानी रविन्द्र महर्जनको सहभागितामा वृक्षारोपण भएको थियो । कार्यक्रममा रणसिंहदल गणका प्रमुख सेनानी रविन्द्र महर्जन, पन्त ग्लोबल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र पन्त, रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप मजगैयाँ, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष निर्मला गौतम, लुम्बिनी प्रदेश छनोट समिति संयोजक कैलाश रोका, रिलायबल लाईफ ईन्स्योरेन्स लिमिटेड दाङ शाखाका प्रमुख सन्तोष गौतम, रोटरी क्लब अफ दाङका पुर्व अध्यक्ष सनत श्रेष्ठ, गजेन्द्र बर्मा, रोशन दाहाल, श्रीधर पोख्रेल, राम प्रसाद पोख्रेल, इश्वर बस्नेत, सन्जु केसी, रणसिंहदल गणका सेनानी डम्बर लामिछाने, लुक बहादुर केसी, बलदेव योगी, नेपाली सेनाका अन्य अधिकृत तथा जवानहरु, रोटरीयन, सिद्धनाथ मन्दिरका पदाधिकारी तथा पुजारीहरुको सहभागिता रहेको थियो ।