ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

ठगिए तानसेनका उपभोक्ता

७ श्रावण २०८०, आईतवार
७ श्रावण २०८०, आईतवार

पाल्पा, ७ साउन ।

पाल्पाको तानसेनमा सामानको मूूल्य भन्दा बढी रकम लिएर उपभोक्तालाई ठगी गर्ने गरेको पाइएको छ । पोखरा, बुटवलबाट आएका विक्रेताले बजार मूल्य भन्दा बढी नै रकम लिएर उपभोक्ता ठग्ने गरेको पाइएको हो ।

‘सम्पूर्ण ग्यास रिसर्च प्रालि’ पोखरा, शाखा कार्यालय बुटवलका कर्मचारीले तानसेनमा आइ खाना पकाउने ग्यास, चुलो सम्बन्धी आवश्यक उपकरणहरु विक्री गर्दा बजार मूल्य भन्दा बढी रकम लिएको भेटिएको छ ।

कम्पनीका कर्मचारीहरुले झोलामा सामान राखेर ग्यास, चुलोमा प्रयोग हुने सेफ्टी गार्ड, रबर पाईप, सेफ्टी क्लिक, चुलो सफा गर्ने ब्रस, आईजी टि रेगुलेटर लगायतका सामानमा ४ हजारदेखि १० हजारसम्म लिने गरेका छन् । जबकी तानसेनका बजारमा यी सामानहरुको मूल्य एक हजार ८ सय देखि २ हजार एक सय सम्म पर्दछ । उनीहरुले सर्भिस चार्ज सहित सदस्य शुल्क पनि लिने गरेको पाइन्छ । विक्रेताहरुले आईजी टि रेगुलेटरको मूूल्य २ हजार ६ सय ५० लिने गरेको भेटिएको छ । जबकी यसको तानसेनमा बजार मूल्य एक हजार ५ सय पर्ने गरेको छ ।

विक्रेताहरुले तानसेनकी रनौन हेमचुरी, शान्ति दर्नाल लगायतका उपभोक्तासँग सेफ्टी गार्ड, रबर पाईप, आईजी टि रेगुलेटर एक÷एक पिस र सेफ्टी क्लिक दुई पिसको चार हजार लिएका छन् । तानसेन २ कै जयती थापासँग सेफ्टी गार्ड, आईजी टि रेगुलेटर, रबर पाईप, दुई÷दुई पिस, सेफ्टी क्लिक ६ पिस र चुलो सफा गर्ने ब्रस एक पिसको १० हजार २ सय ५० लिएका छन् । उपभोक्ताहरुबाट ठगिएको गुनासो आएपछि पाल्पा ग्यास डिलर्स संघले पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघको सहकार्यमा ठगी गर्नेहरुलाई प्रहरीको नियन्त्रणमा ल्याइएको छ । ठगी गर्दै हिड्ने ५ जना भए पनि शनिबार तीन जनालाई मात्र प्रहरीले नियन्त्रणमा लिएको छ । तानसेनको बजार मूल्य भन्दा धेरै नै रकम लिएर उनीहरुले उपभोक्ता ठग्ने गरेको ग्यास डिलर्स संघका जिल्ला अध्यक्ष राजेन्द्र बज्राचार्यले बताए । उपभोक्ता ठगी गर्नेहरुमाथि आवश्यक अनुसन्धान गरी कानुनी कारवाहीलाई आन्तरिक राजस्व कार्यालय बुटवल पठाइएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाल बास्तोलाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?