© २०२३
बुटवल,७ साउन । नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत नेकपा एमालेमा फर्किएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसर पारेर आइतबार मन्थलीमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
मन्थली नगरपालिकाका पूर्व मेयर समेत रहेका बस्नेत गत निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार उठेका थिए ।
बस्नेतसँगै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ मा नेकपा एसबाट निर्वाचित वडा सदस्य सरोज आले मगर र राप्रपाका नेता केशव दाहाल पनि एमाले प्रवेश गरेका छन् । जिल्ला अध्यक्ष बस्नेतले नेकपा एसले पार्टी विभाजनको औचितय पुष्टि गर्न नसकेको बरु कांग्रेस र माओवादीको पुच्छर बनेर सत्ता स्वार्थ र अस्तित्व रक्षामा रमाएर कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमालेलाई कमजोर बनाउन लागेको देखेर एमालेमै फर्किएको बताए ।
यसअघि हिजो मात्रै तनहुंका नेकपा एसका जिल्ला अध्यक्ष सहित २५ जना नेता उमालेमा फर्किएका थिए ।