© २०२३
बुटवल, ७ साउन । शनिबार सरकारी कार्यालय बन्द हुन्छन्् । नयाँ आर्थिक बर्ष पनि सुरु भएको कारण अनुगमन लगायतका कुनै पनि कार्यक्रम हुँदैनन् । तर अनुगमनको नाम राखेर रूपन्देहीमा सरकारी गाडीकोे दुरूपयोग गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई, रूपन्देहीको बा २ झ १०१० नम्बरको सवारी साधान ‘सवारी पास विना’ पाल्पाको नुवाकोटसम्म लगेरसवारी साधन दुरूपयोग गरिएको आरोप छ । उक्त गाडीको जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट कुनै पनि पास जारी गरिएको थिएन । शनिबार बिहान बुटवल– पाल्पा बसन्तपुर केवलकार चढ्नको लागि शिक्षा मन्त्रालयका केही व्यक्तिहरू र रूपन्देहीका निजी स्कुलका सञ्चालक राखेर शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपेन्द्र ढकालले उक्त गाडी प्रयोग गरेका थिए । त्यसपछि नयाँ गाउँ लगायतका क्षेत्र हँुदै खाना खाने भन्दै पाल्पाको नुवाकोटसम्म लगेका थिए ।
प्रमुख ढकालले नीजि विद्यालयको अनुगमनमा निस्कीएको र सोही अनुसार खाना खान नुवाकोट गएको दाबी गरेका छन् । तर जिल्ला प्रशासन कार्यालयबाट उनले स्वीकृती नलिएको पाइएको छ । शनिबार पाल्पाको नुवाकोटमा रहेको ‘अर्गानिक गाउँले चुलो’ अगाडि पार्कीङ्गमा भेटिएको थियो ।
उक्त गाडी पार्कीङ्ग गरि राखीएको देखेपछि पत्रकारहरूले शनिवारको दिन पासको विषयमा सोधपुछ गरेका थिए ।
बुटवलदेखि पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ नुवाकोट करिव ११ किलोमिटर टाढा रहेको छ । रूपन्देहीको नीजी विद्यालयको अनुगमन गरिएको दाबी गर्दै प्रमुख ढकालले खाना खाना गएको बताए । संवाददाता संगको कुराकानीमा उनले भने –‘स्कलर्स होम बोडीङ्ग अनुमगन गरी नयाँ गाउँको स्कुल पनि हेरिएको हो ’ ।
पाल्पा नुवाकोटामा शनिवार नै अर्घाखाँची जिल्लाको सिंचाई डिभिजनको गाडी समेत भेटिएको थियो । सवारी चालक र केही मेकानिकहरू रहेको सेतो नम्बर प्लेटको बागमती प्रदेशको वि ए बी ९२५१ नम्बरको सवारी साधन समेत दुरुयोग गरेको पाइएको छ ।
उक्त गाडी सिंचाई डिभिजन अर्घाखाँचीको रहेको पुष्टी भएको छ । सवारी साधन बनाउनको लागि ल्याएको माईलेज टेष्ट गर्न नुवाकोट डाडाँमा आएको दावि चाकलले गरेका थिए । उक्त सवारी साधनको लागि पनि कुनै पनि सवारी पास जारी गरिएको थिएन । रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले शनिवारको दिन कुनै पनि सरकारी सवारी साधनको दुरूपयोग गर्न नहुने बताउँछन् ।
उनले जिल्ला प्रशासन कार्यालयबाट काम विशेषको विवरण खुलाएर मात्रै पास लिएर हिँड्डुल गर्नुपर्ने बताउँदै शनिवार शिक्षा विकास तथा समन्वय इकाईको गाडीलाई कुनै पनि पास जारी नगरिएको बताए । उनले भने–‘सवारी साधन दुरुयोग गर्न पाईदैन, पास लिएर काम विशेषले मात्रै हिँड्नुपर्ने नियम रहेको छ । यता, ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए ।