© २०२३
बुटवल, ७ साउन । रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२२/२०२३ का अध्यक्ष पप्पु गुप्ताले वर्ष २०२३/२०२४ का अध्यक्ष सुदिप ढकाललाई पद हस्तान्तरण गरेका छन ।
कार्यक्रमको प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्दै समुदायलाई विकासमा जोड्न सरकारबाट ल्याईएका योजना पर्याप्त नहुने भन्दै सामाजिक कार्यमा अग्रसर संघसंस्थाहरुको योगदान महत्वपूर्ण हुने बताए । नगरप्रमुखको रुपमा सफल कार्यकाल बनाउन सामाजिक संघसंस्थाहरुको साथ र सहयोग रहेको स्मरण गर्दै सबैको सहयोग र सहकार्यबाट नै समुदायलाई शिक्षा, स्वस्थ्य, सरसफाई जस्ता महत्वपूर्ण विषयमा सचेतना ल्याउन सकिने बताए । देशमा केही भएन भनेर केवल सरकारलाई धारे हात लगाउने भन्दा पनि आफ्नो क्षेत्रमा के गर्न सकिन्छ त्यसको खाका तयार गरेर अघि बढ्नुपर्ने सुझाव दिए । युवाहरुलाई स्वदेशमा रोक्न सरकारसंगै सहकार्य गरि सामाजिक संघसंस्थाहरु मिलेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष सुरज खरेलले नेतृत्व र ब्यक्तित्व विकास गर्दै सामाजिक काम गर्ने लक्ष्यसहित क्लबमा आवद्घ हुँदै नमुना काम गर्न जरुरी रहेको औल्याए । कोभिड १९ का कारण रोकिएका क्लबबाट सिग्नेचर प्रोजेक्टहरुलाई अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवि चौधरी, सल्लाहकार एजाज आलम, डिष्ट्रिक चेयर राज कुमार गुप्ता, वर्ष २०२२/२०२३ का सचिव विकास गौतमले रिजनमा उत्कृष्ट क्लब रहेको भन्दै रोटरीको लक्ष्य अनुसार काम गर्न जरुरी रहेको बताए ।
रोटरी क्लब अफ सेन्टर रुपन्देहीको सदस्यहरुको उपचारमा ५० प्रतिशत छुट दिनेगरि तिनाउ अस्पताल प्रालि र रोटरी सेन्टरका अध्यक्ष ढकाल बिच बिच सम्झौता गरिएको छ । नवनिर्वाचित अध्यक्ष सुदिप ढकालले आफ्नो कार्यकाल गर्ने योजना जानकारी र प्रतिवद्घता जनाए । वर्ष २०२२/२०२३ का अध्यक्ष पप्पु गुप्ताले आफ्नो कार्यकालमा गरिएका २७ भन्दा बढी परियोजनामा सहयोग गर्ने क्लबका सदस्य तथा कार्यक्रम संयोजकहरुलाई मायाको चिनो वितरण गरेका थिए ।