ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि
हेमराज हत्याकाण्डः

प्रहरीले १३ वर्षसम्म भेटेन हत्याका आरोपी

७ श्रावण २०८०, आईतवार
७ श्रावण २०८०, आईतवार

लमही, ७ साउन ।
तुलसीपुर एफएमका तत्कालिन अध्यक्ष देविप्रसाद धिताल (हेमराज) को हत्या भएको तेह्र वर्ष पुगेको छ । २०६७ साल साउन ६ गते बेलुकी सवा ७ बजेतिर तुलसीपुर – सितलपुर सडक खण्ड अन्तर्गत तुलसीपुर – १२ हेमनगरमा हतियारधारी अज्ञात समूहले लखेटी लखेटी गोली हानेर हत्या गरेको थियो । जतिखेर हेमराज मोटरसाइकलमा सवार थिए ।

नेपाली काँग्रेसको आन्तरिक निर्वाचनमा उम्मेदवारी घोषणा गरेका उनी आफ्नै गाविस साबिक उरहरीका नेता कार्यकर्तासंग दिनभर जसो परामर्र्श लिएर तुलसीपुरतर्फ फर्किदै थिए । गोली हानेपछि उक्त समुह मकै बारी हुँदै पूर्वको ग्वारखोला तर्फ लागेको त्यतिखेर प्रत्यक्षदर्शी स्थानीयले बताएका थिए । सुनियोजित तरिकाले धिताल घर फर्किने बाटो ढुकेर बसेको उक्त अज्ञात हतियार धारी समुहको थियो, भन्ने बारे अझैं प्रहरी प्रशासनले दोषीको पहिचान गर्न तथा सार्वजनिक गर्न सकेको छैन । जसले गर्दा धितालको हत्या गर्नुको कारण के थियो ? भन्ने सम्म सार्वजनिक हुन सकेको छैन ।

हत्याराको पहिचान हुन नसक्नु र सार्वजनिक नगरिनुले धिताल परिवारले न्यायको अनुभूति गर्न सकेको छैन । तेह्र वर्षदेखि प्रहरी घटना अनुसन्धानकै क्रममा भएको बताउँदै आएको छ । पछिल्लो समय प्रहरी प्रसासनले घटना अनुसन्धानमा आवश्यक चासो नदेखाएको सरोकारवालाहरूको गुनासो छ । रेडियो तुलसीपुर संचालक समितिको अध्यक्षराप्ती यातायात समितिको अध्यक्ष, लायन्स क्लव लगायतको नेतृत्व गर्दै सामाजिक क्षेत्रमा क्रियासिल धितालको हत्याको कारण जान्न र हत्यामा संलग्न ब्यक्ति छिटो सार्वजनिक हुनुपर्ने आवाज उठ्दै आएपनि अझैं त्यसबारे अन्यौंलता कायमै छ ।

यसैबिच देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि स्वर्गिय धितालको १३ औं स्मृतिमा माल्यार्पण कार्यक्रम गरेको छ । कार्यक्रममा स्वर्गीय धितालकी आमा, श्रीमती, भाइ, भाइ बुहारी,रेडियो तुलसीपुरका अध्यक्ष दिपेन्द्र गिरी लगाएतले धितालको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानका उपाध्यक्ष एवं त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालिका अध्यक्ष सुरेश हमालले लामो समयसम्म पनि सञ्चार उद्यमी जस्तो व्यक्तिको हत्यारा पत्ता नलाग्नु आम नेपालीको लागि पिडा दायिक विषय भएको बताए । उनले यस्ता जघन्य अपराधका घटनाको कारण र त्यसमा संलग्न ब्यक्तिहरू जति हुन्छ छिटो सार्वजनिक गर्न तर्फ राज्य लाग्नु पर्ने बताएका थिए ।

रेडियो तुलसीपुर एमएमका कोषाध्यक्ष एवं प्रतिष्ठानका सचिव महेन्द्र लामिछानेले स्वर्गिय धितालको परिवारको न्यायका लागि बिगतदेखि नै विभिन्न किसिमले जोडदार माग गर्दै आएको हत्यारा सार्वजनिक नगर्दासम्म चुप लागेर नबस्ने बताए । मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रीय उपसभापति सुशिल बस्नेतले रहस्यमय बन्दै गएको धिताल हत्याकाण्डको अनुसन्धानमा पछिल्लो समय सुरक्षा निकायले मौन बस्नुले थप आशंकाहरू पैदा भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?