ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

बुटवल मिलनटोलमा रोटरीले गर्यो वृक्षरोपण

६ श्रावण २०८०, शनिबार
६ श्रावण २०८०, शनिबार

बुटवल, ६ साउन ।

रोटरी क्लव अफ बुटवलले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतीनगरस्थित मिलन टोलमा वृक्षरोपण गरेको हो । क्लवले करिव १९ सय बिरुवा मिलन टोल विकास संस्थालाई हस्तान्तरण गर्दै वृक्षरोपण सुरु गरेको थियो ।

वृक्षारोपण कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विष्णुप्रसाद ढकालले वृक्षरोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिए ।

ज्योतीनगर क्षेत्रको पहिरो नियन्त्रणका लागि पनि यस क्षेत्रमा वृक्षरोपण जरुरी रहेको भन्दै उनले रोटरीले मिलनटोललाई रोजेर वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए ।

रोटरी क्लव अफ बुटवलका वर्ष २०२३÷२४ का एजी सुरज क्षेत्रीले रोटरीले विभिन्न सामाजिक क्षेत्रहरुमा काम गर्दै आएको भन्दै वृक्षरोपण कार्यक्रम पनि रोटरीको कार्ययोजना अन्तर्गत भएको बताए ।

क्लवका अध्यक्ष करुण खनालले वातावरण बचाउन र हरियाली कायम राख्नका लागि पनि वृक्षरोपण आवश्यक रहेको भन्दै वृक्षरोपणपछि यसको संरक्षणमा विशेष ध्यान पु¥याउन मिलन टोल विकास संस्थाका पदाधिकारीलाई आग्रह गरे । उनले क्लवले विभिन्न क्षेत्रसँगको सहकार्यमा विभिन्न रचनात्मक कार्यक्रमहरु अगाडि बढाउन चाहेको उनले बताए ।

कार्यक्रममा क्लवका निर्वमान अध्यक्ष बोनिन पियाले ज्योतीनगर क्षेत्रको पहिरो रोकथामका लागि पनि यस क्षेत्रमा बिरुवाहरु लगाउनु अति आवश्यक रहेको भन्दै क्लवले गरेको कार्यको प्रशंसा गरे । मिलन टोल विकास संस्थाका अध्यक्ष माधव पाण्डेले क्लवले ज्योतीनगर क्षेत्रको मिलन टोलमा वृक्षरोपणको स्थान तय गरेकोमा धन्यवाद दिंदै रोपिएका बिरुवाको संरक्षणमा संस्थाले ध्यान दिने प्रतिवद्धता जनाए । त्यस्तै क्लवका सचिव तारानाथ भट्टराईले क्लवले गर्ने हरेक कार्यक्रम उत्तिकै महत्वपूर्ण रहेको बताए ।

वृक्षरोपण कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा मिलन टोल विकास समितिका पदाधिकारी र स्थानीयको सहभागिता थियो । कार्यक्रममा रोटर्याक्ट क्लव अफ बुटवल, रोटर्याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पस र रोटर्याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कलेज पनि सर्भिश पार्टनरको रुपमा सहभागी थिए । क्लवको १४७२ औं नियमित बैठकको अवसरमा वृक्षरोपण कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?