© २०२३
बुटवल, ६ साउन । विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने उद्येश्यका साथ कान्ति माध्यामिक बिद्यालयमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । किताबी ज्ञानसंगै बाहिरी विषयबस्तुबारे हाजिरीजवाफमा प्रश्नहरु गरिएको थियो ।
शुक्रवार विद्यालयमा भएको प्रतियोगितामा प्रावि तहमा स्वस्तिका प्रधान, माधव पाण्डे र आर्यन अर्यालको समूह प्रथम भए । यसैगरि सोनाली शर्मा, आयूष गुप्ता र रोहन कानूको समूह दोस्रो तथा कविता कुंवर, अंश बलाल र कुशल जिसीको समूह तेस्रो भए । कक्षा ६ र ७ को समूहमा भैरवस्थान सदन प्रथम, रेसुङ्गा सदन दोस्रो र सुपादेउराली सदन तेस्रो भयो । कक्षा ८, ९ र १० को समूह अन्तरगत सुपादेउराली सदन प्रथम, रेसुङ्गा सदन दोस्रो र स्वर्गद्वारी सदन तेस्रो भयो ।
कक्षा १ र २, कक्षा ३ देखि ५, कक्षा ६ र ७ तथा कक्षा ८, ९ र १० को एउटा समूह गरि कुल ४ वटा तहगत रुपमा प्रतियोगिता सञ्चालन गरिएको अतिरिक्त कृयाकलाप प्रमुख महेश खनालले बताए । विद्यालयमा विद्यार्थी विभिन्न लुकेका प्रतिभाको उजागर गर्न प्रत्येक शुक्रबार रचनात्मक कार्यक्रमलाई निरन्तरता दिदै आएको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए । प्रावि तहको कार्यक्रमको संयोजन लिलाधर पाण्डे, कक्षा ६ र ७ को संयोजन सूर्य पौडेल र ८ ९ र १० को संयोजन मित्रलाल पोख्रेलले संयोजन गरेका थिए । विद्यालयमा हाल पाच हजार सात सय विद्यार्थी अध्ययनरत छन ।