ट्रेंडिंग:

>> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल

प्रेस युनियन गुल्मीमा विवाद, वैकल्पिक समिति घोषणा

६ श्रावण २०८०, शनिबार
६ श्रावण २०८०, शनिबार

बुटवल, ६ साउन ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले घोषणा गरेको समूहलाई अस्वीकार गर्दै गुल्मी कार्य समितिविरुद्ध असन्तुष्ट बहुमत सदस्यले अर्को कार्यसमिति घोषणा गरेका छन् ।

बिहीबार नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष लम्साल आफैले अध्यक्षमा रेशम कुँवरलाई निरन्तरता दिदै सर्वसम्मत नेतृत्वको चयन गरेका थिए । केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले हस्ताक्षर गरेको कार्य समितिको नामवली सार्वजनिक भएको थियो । तर, युनियनका ३८ जना सदस्यले अधिवेशन बहिष्कार गरेर अर्को समिति घोषणा गरेका छन् ।

संगठनको बिधान बाहिर गएर मनोनयन र छलफल नगरेर निर्वाचन समितिलाई समेत लत्याएर केन्द्रीय अध्यक्ष लम्सालको ठाडो हस्तक्षेप आफुलाई मान्य नहुने अध्यक्ष पदका उमेद्वार सुमन महताराले बताए ।

जिल्लामा ५९ जना सदस्यमध्ये ३८ जना सदस्यको बिहान बसेको बैठकले सुमन महतरा अध्यक्ष रहेको १८ सदस्यीय नयाँ नेतृत्व गठन गरेको छ । उनीहरुले एकलौटी टाँसिएका १९ जनामध्ये १६ जना असन्तुष्ट रहेकाले आउने अर्को अधिवेशनसम्मका लागि कार्यसमिति शून्य हुन नदिन समिति गठन गरिएको महताराले बताए ।

असन्तुष्ट पक्षले निर्वाचन समितिमार्फत केन्द्रमा निर्णय सच्याएर पुनः अधिवेशनको माग गरेका छन् । उनीहरुले पुनः निर्वाचन प्रक्रिया अगाडि नबढाएर बिद्रोह गर्ने चेतावनी दिएका छन् ।

असन्तुष्ट पक्षले घोषणा गरेको कार्यसमितिमा सुमन महतारा अध्यक्ष, उपाध्यक्षमा प्रकाश घिमिरे र दीपक नेपाली, सचिवमा सागर भण्डारी, सहसचिबमा चन्द्रकला राना र अनिल खत्री, कोषाध्यक्षमा नवीन कार्की रहेका छन् । यस्तै, सदस्यमा भुवन भुसाल, अनिष पन्थी, भुवन काफले, पूजा विश्वकर्मा, करिष्मा अर्याल, माधव खरेल, कविराज भुसाल, मोहन गौतम, सुरज कार्की, दधिराम भुसाल, रमेश पन्थी रहेको सचिव सागर भण्डारी रहेका छन् ।

केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले जारी गरेको निर्वाचितको विवरणअनुसार १९ जनाको कार्यसमितिमध्ये अध्यक्ष रेशम कुँवर, उपाध्यक्ष रमेश विश्वकर्मा र सदस्य मनु सुनार बाहेक उपाध्यक्ष दीपक नेपाली, सचिव सुमन महतारा, सहसचिव सन्तोष महतारा र चन्द्रकला राना, कोषाध्यक्ष नवीन कार्कीसहितका १६ जनाले असहमति राखेका छन् ।

नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले केन्द्रीय अध्यक्षकै उपस्थितिमा भएको निर्णय सच्चिने सम्भावना कम रहेको बताए । उनले सहमतिकै आधारमा समिति निर्माण गरिएको दाबी गरे ।

नेपाल प्रेस युनियनको नवौं जिल्ला अधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता भीम न्यौपानेले केन्द्रले हस्तक्षेप गरेपछि असहमतिबीच आफुले काम गर्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?