ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

सामुदायिक वनको उद्योगले लाभ

६ श्रावण २०८०, शनिबार
६ श्रावण २०८०, शनिबार

चन्द्रौटा (कपिलवस्तु), ६ साउन ।  खुतखुते सामुदायिक वनले वेतबाँसको सामग्री बनाउने उद्योग सञ्चालन गरेको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर–९ मा रहेको वनले स्थानीय विपन्नलाई उद्यमी बनाउनको लागि उद्योग सञ्चालन गरेका हो । भर्लावास टोलमा ७ लाख ७० हजारको लागतको उपकरण खरिद गरी उद्योग सञ्चालन गरेको वनले जनाएको छ ।
एक वन एक उद्यम विकास कार्यक्रम अन्तर्गत परम्परागत सीपमा आधारित उद्यम सञ्चालन गरेको सामुदायिक वनका अध्यक्ष भीम बहादुर पुनले बताए । उनका अनुसार उद्योगबाट बाँसको चोयाबाट निर्माण हुने डोको, नाङ्लो, डालो, मान्द्रो लगायतका सामाग्री निर्माण हुने छ । बाँसको चोया काट्नका लागि दुई उपकरण खरिद गरिएको जनाइएको छ ।
ती उपकरणले बाँस चिर्ने, बाँसबाट चोया निकाल्न प्रयोग हुने छन् । उपकरण प्रयोग गरी चोया बनाउँदा उत्पादन गर्ने क्षमतामा दोब्बर वृद्धि हुने अध्यक्ष पुन बताउँछन् । उद्योगमा आवश्यक पर्ने बाँस उत्पादनका लागि खोलाका छेउमा बृक्षरोपण गरिनेछ । खोलाको छेउमा बाँस लगाउँदा भूक्षय नियन्त्रण भई नदी कटानबाट जोगिने र उद्योगको लागि कच्चा पदार्थ उत्पादन समेत हुनेछ ।
यस्तै डिभिजनल वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले स्थानीय सिपको संरक्षण गर्दै बिस्तारै लोप हुने लागेका परम्परागत सामग्री निर्माणले विपन्न समुदायको जीवन स्तर उकास्न सकिने हुनाले कार्यालयले सहयोग गरेकोे बताए । वन कार्यालयले २ लाख ३० हजार रूपैयाँ अनुदान स्वरूप प्रदान गरेको समेत जनाइएको छ । उद्योग सञ्चालनबाट ३० विपन्न घरधुरी लाभान्वित हुने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?