© २०२३
बुटवल, ५ साउन। होटल ब्यवसायलाई मर्यादित र अनुशासित बनाउदै पर्यटनमैत्री बनाउन ब्यवसायीहरुले जोड दिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले तयार गरेको १८ बुदे आचारसंहिता अक्षरस पालना गरेमात्र पर्यटनमैत्री बन्न सक्ने अगुवा ब्यवसायीहरुले बताएका छन ।
रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ अन्तरगत ट्राफिक चोक, पाल्पा रोड र गोलपार्क टोलको शुक्रबार भएको टोल गठन कार्यक्रमलाई उद्घाटन गर्दै संघका अध्यक्ष लेखनाथ भण्डारीले टोलटोलमा समिति गठन गरि जिम्मेवारीसंग कतब्र्य बाडभाड गरिएको बताए । यसअघि जिल्ला अन्तरगत केवल ४ वटा टोल समिति रहेकोमा यो वर्ष ४ वटा टोलहरु थप गरिएको उनले बताए । समयसापेक्ष होटलको सुधार र ब्यवसायीको क्षमता अभिवृद्धिमा निरन्तर संस्थागत रुपमा आफु लागेको उनले दाबी गरे । रात्रीकालिन सेवा आवश्यकता भएपनि सुरक्षा महत्वपूर्ण पाटो भएको उनले बताए ।
कार्यक्रममा सहकोषाध्यक्ष माधव ढकालले टोल समितिमार्फत आफ्नो क्षेत्रका ब्यवसायीहरुको समस्या बुझ्ने र समाधान खोज्ने र थप जिल्लामा सहयोग लिने गरि काम गरिने बताए । पेशा ब्यवसायमा समयसापेक्ष दक्षता विकास भैरहेको उनले बताए । बजार अनुगमन चलिरहदा ब्यवसायीहरु यसलाई सहज लिनुपर्ने भन्दै आफ्नो सेवालाई गुणस्तरीय बनाउन जरुरी रहेको बताए ।
टोल संयोजकमा यमलाल मरासिनी
यसैबिच शुक्रबार भएको चौथो टोल गठन कार्यक्रमबाट यमलाल मरासिनीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ । जसको सहसंयोजक द्घारिका न्यौपाने, कोषाध्यक्ष मन्जु पन्त, सचिव मनोज कुमार रायमाझी, दिनेश पाण्डे, दिलिप भण्डारी, अस्मिता गिरी, किलानन्द पाण्डेले चयन भएका छन ।
कार्यक्रममा निवर्तमान अध्यक्ष रामप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष माधव खनाल, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव अर्जुन थापा, ट्राफिक चोक बिटका प्रहरी सहायक निरिक्षक लक्ष्मण सिह, टोल अध्यक्ष सुरज पाण्डे, टोल सचिव कृष्ण अधिकारीले भारतिय पर्यटक लक्षित योजना बनाउन जरुरी रहेको बताए । होटल ब्यवसायीहरु आफ्नो खानाका परिकारहरु गुणस्तरीय हुनुपर्ने बताए ।