Butwal Today

चट्याङमा परी वडा सदस्यको निधन

५ श्रावण २०८०, शुक्रबार
अ+
अ-

रोल्पा, ५ साउन ।

बिहीबार राति परेको चट्याङमा परी रोल्पामा एक वडा सदस्यको निधन भएको छ । चट्याङमा परी निधन हुने वडा सदस्यमा सुनछहारी गाउँपालिका वडा नं. ३ का दिलवहादुर घर्तीमगर भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेको वेला चट्याङमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

चट्याङको अर्को घटनामा थप २ जना घाईते भएका छन् । सुनछहरी गाउँपालिका वडा नं २ मा परेको चट्याङमा परि एक वृद्ध महिला र अर्का वालक समेत घाईते भएका छन् ।

घटनाको जानकारी पाउने वित्तिकै प्रहरी घटन स्थल तर्फ गएको सूचना अधिकारी भुसालको भनाई छ ।