ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
लुम्बिनी प्राविधिक विश्वविद्यालयः

पढाउने योजना बन्यो, थलो बनेन

चालु शैक्षिकसत्रबाट ‘बिटेक इन आईटी’,‘बिटेक सिएस एण्ड एआई’, ‘बिटेक इन आईटी इन्जिनियरिङ्ग’ लगायत पाँचवटा शैक्षिक कार्यक्रम संचालन गर्ने योजना छ । निकट भविष्यमा दाङ्ग र रुपन्देहीमा कृषि,वन र पर्यटनसँग सम्बन्धित कार्यक्रम संचालन गरिनेछ । तर यी कार्यक्रम सन्चालनका लागि पूर्वाधार नबन्दा पढ्ने थलो खोज्न सकस परिरहेको छ ।
५ श्रावण २०८०, शुक्रबार
५ श्रावण २०८०, शुक्रबार

बाके, साउन  बाँकेमा लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको लुम्बिनी प्राविधिक बिश्वबिद्यालयले स्थापनाको एकवर्षपछि पढाइ शुरु गर्ने भएको छ । पढाइ शुरु गर्ने तयारी गरेको बिश्वबिद्यालयको पूर्वाधार निर्माणको भने कुनै टुङ्गो छैन ।

पछिल्लो एकवर्षमा बिश्वबिद्यालयको पूर्वाधार निर्माणको काम हुन सकेन । पूर्वाधार पनि कुन ठाउँमा निर्माण गर्ने भन्ने यकिन छैन । जहाँ प्रस्ताव गरिएको छ त्यहाँ पनि बिवाद उत्पन्न भएको छ । बिश्वबिद्यालयका उपकुलपति प्राध्यापक डा. बिनोदप्रसाद ढकालले चालु शैक्षिक सत्रबाट संचालन गरिने योजना भएको बताए ।

उपकुलपति ढकालका अनुसार चालु शैक्षिकसत्रबाट ‘बिटेक इन आईटी’,‘बिटेक सिएस एण्ड एआई’, ‘बिटेक इन आईटी इन्जिनियरिङ्ग’ लगायत पाँचवटा शैक्षिक कार्यक्रम संचालन गरिने छ । अर्कोबर्षको शैक्षिकसत्रबाट थप कार्यक्रम संचालन हुने कार्यक्रम रहेको उपकुलपति ढकाल बताउँछन् । उनका अनुसार खजुराको केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ्ग र सूचना प्रविधि र निकट भविष्यमा दाङ्ग र रूपन्देहीमा कृषि,वन र पर्यटनसँग सम्बन्धित कार्यक्रम संचालन हुने छन् । तर यी कार्यक्रम सन्चालनका लागि पूर्वाधार खोज्न सकस परेको छ ।

लुम्बिनी प्राविधिक बिश्वबिद्यालय बाँकेको खजुरा गाउँपालिका–८ मा प्रस्ताव गरिएको छ । त्यहाँको एक सय बिगाह जग्गा विश्वविद्यालयको नाम गर्ने वा लिजमा दिने भन्ने रायसहित गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारसँग अनुमति मागेको छ । उक्त अनुमति हाल नआइसकेले बिश्वबिद्यालयका लागि पछिल्लो एकवर्षमा भौतिक पूर्वाधार निर्माणको काममा सिन्को समेत भाँचिएको छैन ।

जग्गामा स्थानीयले भोगचलन गरेका कारण उक्त समस्या समाधान नगरी पूर्वाधार निर्माणको काम हुने सम्भावना पनि कम छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापति नक्की खाँले त्यसैको संकेत गर्दै भने,–‘बिश्वबिद्यालयको वर्षदिन पुगेको अवसरमा हामी यता खुसियाली मनाउँदै गर्दा बिश्वविद्यालयलाई दिने भनिएको जग्गामा बर्षांैदेखि भोगचलन गर्दै आएका जनताको मनमा अनेक कुरा खेलिरहेका छन् । यस बिषयमा सरोकारवाला निकायले गम्भीरतापूर्वक साेंच्न जरुरी छ ।’

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानले जग्गाका बिषयमा कानून बमोजिम सरकारसंग माग गरिएको हुँदा त्यसको निकास चाँडो निस्किनुपर्ने बताएका छन् । उनले हाल जग्गाको संरक्षण आफूहरूले गरिरहेको बताए । विश्वविद्यालय स्थापनाकालमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खजुरा गाउँपालिकाका निर्वतमान अध्यक्ष किस्मतकुमार कक्षपतिले बर्षदिन पुरा हुँदा पनि पूर्वाधार निर्माणको काममा प्रगति नहुँनु दुःखद कुरा भएको बताउँदै भन्छन्,–‘तत्काल पूर्वाधार निर्माण हुन नसक्ने अबस्था छ भने जनकशिक्षा सामाग्री केन्द्र वा अन्य कुनै बिकल्प खोजेर खजुरामै बिश्वबिद्यालयको कार्यालय राख्नुपर्छ र पढाइ पनि त्यही शुरु गर्नुपर्छ ।’

कक्षपतिले जनकशिक्षा सामाग्री केन्द्रको भवन सबैभन्दा उत्तम बिकल्प भएको बताउँदै त्यसका लागि केन्द्रीय सरकारलाई जसरी पनि मनाउनुपर्ने बताए । ‘त्यो दिन मानिरहेका छैनन् भन्ने सुनेको छु तर विश्वविद्यालयलाई पूर्वाधार सम्पन्न बनाउन लाग्ने हो भने जसरी पनि जनकशिक्षाको भवनलाई उपयोग गर्नुपर्छ’– कक्षपतिले भने । लुम्बिनी प्रदेश विश्वविद्यालयको काम तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको पालामा अघि बढेको थियो भने कुलप्रसाद केसीको पालामा राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको थियो । खजुरामा १ सय बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता अनुसार बाँकेमा विश्वविद्यालय स्थापना भएको कक्षपति बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?