© २०२३
बुटवल,४ साउन । फिफा महिला विश्वकपको नवौं संकरण आजबाट अष्ट्रेलिया र न्यूजिल्याण्डमा सुरु हुँदैछ।
प्रतियोगिताको उद्घाटन भने न्युजिल्याण्डमा हुनेछ। उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन्। न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ।
यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन्। स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
३२ टोली सहभागी भएको प्रतियोगिता आगामी २० अगस्टसम्म हुनेछ।