ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुई वर्षपछि भित्रिए होमस्टेमा विदेशी पाहुना

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

नवलपुर, ३ साउन ।  नवलपरासी पूर्बको पर्यटकीय गाउँ पिप्रहर सामुदायिक होमस्टेमा दुुई बर्षपछि विदेशी पर्यटक भित्रिएका छन् । भौगोलिक, प्राकृतिक एवं साँस्कृतिक रुपले भरिपूर्ण नवलपरासी पूुर्बको देबचुुली नगरपालिकाको रजहरमा थारु र मगर समुुदाय मिलेर संचालनमा ल्याएका पिप्रहर होमस्टेमा कोभिड १९ को पछि पर्यटन सुस्ताएको थियो ।

पछिल्लोसमय भने विदेशी पर्यटकको आगमन हुन थालेपछि आन्तरिक र बाह्य पर्यटकको चाप बढेको पिप्रहर होमस्टेका ब्यबस्थापक सोमलाल महत्तोले बताए । ‘कोरोना संक्रमणपछि बिदेशीको आगमन शून्य थियो ।’—उनले भने । बिस्तारै अहिले पर्यटकहरु भित्रिन थालेको उनले बताए । होमस्टेबाट चितवन राष्ट्रिय निकुुन्ज सहज नियाल्न सकिने र बातावरणीय हिसाबले पनि यहाको सुुन्दरता लोभलाग्दो हुदा रजहरको पिप्रहर होमस्टेमा पर्यटक प्याकेजमा आउने उगरेको ब्यबस्थापक महत्तोले बताए ।

 

 

पिप्रहर होमस्टे पर्यटन व्यवस्थापन समितिका ब्यबस्थापक महत्तोका अनुसार गत बर्षको ११ महिनामा मात्र दश हजार बढि आन्तरिक पर्यटक हामस्टेमा बास बसेका छन भने अहिले तीन दर्जनको हाराहारीमा बिदेशीहरु समेत आएर बास बसेका तथ्याकमा रहेको बताउछन । यस बर्ष ३३ बढी बिदेशी पर्यटक गाउँ प्रवेश गरेको महत्तोले जानकारी दिए । विदेशी पाहुनालाई स्वागत गर्न पाउँदा आफुहरु धेरै खुसी भएको स्थानीय होमस्टे ब्यबसायी राम थारुले बताउछन । उता बिदेशी पाहुनाहरु सास्कृतिक खानाका परिकार, नृत्य र बास पाउदा पहिलो घुमाईमा धेरै खुसी व्यक्त गरेको ब्यबस्थापक महत्तोले बताएका छन ।

अहिले यहाँ आउने आन्तरिक पर्यटकको संख्या धेरै रहेको छ । दैनिक डेढ सय देखि चार सय जनासम्म आन्तरिक पर्यटक आउने गरेका स्थानीय हेमस्टे संचालकहरु बताउछन । योसंगै बिदेशी पर्यटक समेत आउन थालेपछि स्थानीयमा छुट्टै खुसी छाएको छ । स्थानीय रिम आले मगरले गाउँमा बिदेशी पर्यटकको आगमनसंगै चहलपहल बढेको र विदेशी पर्यटक आउँदा स्थानीयलाई झन् खुसी बनाएको अनुभव सुनाईन ।

यहाँको होमस्टेले गाउँमा पुग्ने पाहुनालाई सामुहिक पाहुनाघरमा राखेर सत्कार गर्ने, लठठी नाच ,सोरठी, घाँटु, कृष्णचरित्र, मौलिक लोकदोहोरी, रोधी लगायतका परम्परागत नृत्य प्रस्तुत गर्ने गर्छन् । पिप्रहर होमस्टे पर्यटन व्यवस्थापन समितिका ब्यबस्थापक महत्तोका अनुुसार मगर र थारु जाती मिलेर ५४ घरधुरीले गाउँमा होमस्टे चलाएका छन् । गाउँकै सामुन्ने ऐना जस्तैगरी देखिने चितवन राष्ट्रिय निकुुन्ज र यहाका जनावरहरुको दृश्यालोकनबाट सुन्दरता थपेको छ । चितवन राष्ट्रिय निकुुन्जसंगै नारायणी नदीको मनोरम दृष्यले पर्यटकलाई लोभ्याउने गरेको स्थानीय होटल ब्यबसायी पलट चौधरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?