© २०२३
पाल्पा, ३ साउन ।
तानसेन नगरको लामडाँडामा बाँदरबाट मकै जोगाउनको लागि थापिएको विद्युतीय धरापमा परेर दुइ जना महिला घाइते भएका छन ।
लामडाँडाको सोम बहादुर आलेको बारीमा थापिएको विद्युतीय धरापमा आफन्ती विजिता आले र तिलु थापा घाइते भएका हुन् । बारीमा बाँदरका लागि थापिएको विद्युतीय धरापमा परेर घाइते भएकाहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । घटना बुधबार बेलुकीको हो