© २०२३
बुटवल, ३ साउन लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि वर्ष २०२३/२०२४ का नवनिर्वाचित डिष्ट्रिक गभर्नर अर्जुनमान सैजुलाई गृहजिल्लामा स्वागत तथा पदस्थापन कार्यक्रम गरिएको छ । अमेरिकामा सम्पन्न लायन्स कन्भेन्सनमा शपथ लिएका डिष्ट्रिक गभर्नर सैजुलाई लायन्स क्लबको सचिवालयको कार्यकक्षमा बुधबार पदस्थापन गरिएको हो । कार्यक्रममा बोल्दै उनले सामाजिक उत्तरदायित्वमा नया जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्घता जनाए ।
डिष्ट्रिक अन्तरगतका क्लबहरुको साथ र सहयोगबाट सहज रुपमा जिम्मेवारी पूरा हुने समेत दाबी उनले गरे । लायनबादको अभियानलाई हामी भन्ने भावना विकास गर्दै नया युवाहरुलाई क्लबमा आवद्घ गराउदै विश्वभरमा नया सदस्य र क्लब बिस्तारको अभियान रहेको उनले बताए । ‘यो वर्ष १५ लाख सदस्य बनाउने मिसन छ ।’—उनले भने । सामाजिक हितमा अग्रसर रहेको क्लब समुदायको आवश्यकतालाई पहिचान गरि निरन्तर लाग्ने उनले बताए । लायनबाद बुझन लायन्स क्लबमा आवद्धता, निरन्तरता जरुरी रहने तर्क दिदै उनले धेरै लामो त्यागबाट सफलता हासिल हुने बताए ।
कार्यक्रममा डिजि सैजुसहित पिडिजि नवराज न्यौपाने, डिष्ट्रिक एलसिआईएफ कोअर्डिनेटर सन्दिप कशौधन, डिष्ट्रिक सचिव बिनोद खरेल, डिष्ट्रिक कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, फस्ट भिडिजि पुरुषोत्तम भक्त प्रधानाङ, सेकेन्ड भिडिजि बालाराम भट्टराई एरिया ४ को एरिया चिफ कल्पना सिवाकोटी, लायन्स क्लब अफ बुटवलका अध्यक्ष शरदमान श्रेष्ठले लायन्स क्लब अफ बुटवल स्टार्सको स्टार्स डाईरेक्टरी बिमोचन समेत गरेका थिए ।