© २०२३
बुटवल, ३ साउन । देशकै आर्थिक समृद्धिको आधार पर्यटन भएको दाबी गर्दै पर्यटन प्रर्वद्न र विकासमा स्थानिय पालिकाहरु सधै साथ दिने तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले बताएका छन । विश्व शान्तिका दुत भगवान गौतम बुद्धको जन्मस्थललाई आधार बनाएर यस क्षेत्रको पर्यटनका आर्थिक रुपमा टेवा मिल्ने उनको दाबी छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही तिलोत्तमा शाखाको बुधबार तेस्रो अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख खाडले बाह्य पर्यटक भुलाउने गरि रात्रीकालिन सेवा बुधबारदेखी नै संचालन गर्न सुझाव दिए । यसको लागि आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको बताए ।
‘राति ११ बजेसम्म होटल आजैबाट खोल्नुस, यसको जिम्मा नगरपालिकाले लिन्छ ’– उनले भने । प्रहरी, प्रशासनबाट भारतिय नम्बर प्लेटका सवारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको उनले सुझाव समेत दिए । भारतिय पर्यटकबाट हाम्रो आर्थिक विकासमा योगदान पुगेको दाबी गर्दै उनिहरुलाई गर्ने आतिथ्यताप्रति होटल ब्यवसायीको मानसिकतामा समेत परिवर्तन गर्नुपर्ने बताए । ब्यवसायीहरुले टुर प्याकेज बनाएर अघि बढ्न उनले सुझाव समेत दिए ।
कार्यक्रममा संघका रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ भण्डारीले होटल ब्यवसायीहरु समाजकै एउटा पाटो भएको भन्दै पर्यटन बिकासमा महत्त्वपूर्ण योगदान दिएको बताए । बुद्ध जन्मस्थल रुपन्देहीको पर्यटन सम्भावनालाई मध्येनजर गरि सरकारबाट भएका पुर्वाधारलाई चलायमान गर्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा होटल ब्यवसायी महासंघ प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसीले पर्यटनबाट आर्थिक समृद्धिको सम्भावना बोकेको भएपनि सरकारबाट आवश्यक लाभदायक पहल नभएको दुखेसो गरे । सरकारलाई कर तिर्दा समेत त्यसबाट कुनै प्रकारको ब्यवसायीहरुको हितका कुनै काम नभएको दाबी गरे । होटल ब्यवसायीहरुको हकहितलाई मध्येनजर गरि घरबहाल छुटलाई पहल गर्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा यति ब्रुअरी प्रालीका लुम्बिनी प्रदेश बजार प्रमुख प्रितम गिरी, संघका महासचिव अर्जुन थापा, होटल ब्यवसायी महासंघका प्रदेश वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही तिलोत्तमा शाखाका अध्यक्ष युवराज पराजुली, सचिव मीन तिवारीले पर्यटन क्षेत्रको विकासमा नीजि क्षेत्रको योगदानको चर्चा गरे ।
अधिवेसनबाट मीन तिवारीको अध्यक्षतामा नया नेतृत्व चयन
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही तिलोत्तमा शाखाको बुधबार भएको तेस्रो अधिवेशनबाट मीन तिवारीको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । जसको वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद पोखरेल, सचिव दल बहादुर थापा, सहसचिव शिव लामिछाने, कोषाध्यक्ष अर्जुन पाण्डे, सहकोषाध्यक्ष निर्मला श्रेष्ठ, सदस्य शिव घिमिरे, भोजराज काफ्ले, बुद्धि राज भट्टराई, फर्स बहादुर तरामी मगर, आयुष सुवेदी, युवराज भाट, भिम क्षेत्री, लक्ष्मी अर्याल, सचिन पन्थ, रिषिराम ज्ञवाली निर्वाचित भएका छन।
यसैगरि सल्लाहकारमा प्रेम लाल पाण्डे, ग्रिसमणी आचार्य दिक्षित, चन्द्र प्रसाद गैहे, अर्जुन बश्याल, शंकर बश्याल, अर्जुन बश्याल, शोभाखर तिमिल्सिना मनोनित भएका छन ।