ट्रेंडिंग:

>> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा

हरैया माविले गर्यो सफल विद्यार्थीहरुलाई सम्मान

२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

दिनेश घिमिरे
कन्चन, २ साउन ।

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं.३ हरैया माध्यमिक विद्यालयमा एसईई नतिजा २०७९ सफल विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले गुणस्तरीय शिक्षामा गाउँपालिका लागि परेको बताउँदै शिक्षा गुणस्तरीय बनाउने तर्फ शिक्षक र भौतिक संरचना बनाउन विद्यालय ब्यवस्थापन समिति लाग्नुपर्नेमा जोड दिए । उनले आफ्नो प्रमुख उद्देश्य शिक्षामा परिवर्तन रहेको बताउँदै हरैयाले जिल्लामै उत्कृष्ट नतीजा ल्याएको भन्दै विद्यालय र विद्यार्थी समुन्द्र ढुगांनालाई बधाई तथा शुभकामना दिए ।

सामाजिक विकास संयोजक चित्रलाल तुलाचनले शिक्षा बिना कुनैपनि कुराको परिवर्तन संभव नरहेको बताउँदै शिक्षाको लगानी कहिले पनि खेर नजाने बताए । उनले घरपरिवारमा गरिने फजुल खर्च शिक्षामै लगाउन आग्रह गर्दै हरैया माध्यमिक बिद्यालयलाई ८ कोठा बराबरको भौतिक संरचना बनाउन गाउँपालिका लागिपरेको बताए । उनले जिल्लामै उत्कृष्ट समुन्द्र ढुंगाना र हरैया माध्यमिक बिद्यालयलाई धन्यवाद दिए ।

कार्यक्रममा वडाअध्यक्ष टिकाराम सापकोटा, समाजसेवि पुषराज शर्मा, रामबहादुर थापा, विद्यालय ब्यवस्थापन समिति पुर्व अध्यक्ष भरतमणि सापकोटा, लगायतले आफ्नो भनाइ राख्दै विद्यालयको प्रगतिको लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने जोड दिए । उनीहरुले हरैया माध्यमिक बिद्यालयले अहिलेको नतिजालाई कायम राख्नुपर्नेमा जोड दिएका थिए ।

उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियोे । छात्रवृत्ति कक्षा १ देखि ५ सम्म सम्पूर्ण विद्यार्थीलाई, कक्षा ५ देखि ८ सम्म दलित विद्यार्थीहरुलाई, कक्षा ८ देखि कक्षा १० सम्म गरिव जेहन्दार विद्यार्थीलाई वितरण गरिने शिक्षक राजेन्द्र ढकालले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा विद्यालयका प्राचार्य मेगनाथ शर्माले बिद्यालय सबै जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थीको सहयोगले जिल्लामै उत्कृष्ट भएको बताउँदै आफू सधै विद्यालय उत्कृष्ट बनाउनेतर्फ लाग्ने बताए । कार्यक्रममा सहायक प्राचार्य प्रकाश आचार्य, शिक्षक कलाधर ढकाललगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?