© २०२३
काठमाण्डौ, २ असार अभिनेत्री दिया पुनले आफूलाई हरेक चलचित्रमा फरक अभिनय गर्न रुची रहेको बताएकी छिन । नेपाली चलचित्र अन्तिम संस्कार सार्वजनिक हुनु पूर्व काठमाडौंमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उनले आफु फरक अभिनय गर्न रुचाउने बताईन । धेरै चलचित्रमा काम गर्नुभन्दा गुणस्तरीय चलचित्रमा काम गर्ने तर्फ सोच बनाएको उनले बताईन ।
अभिनेत्री पुनले आफू चलचित्रबाट लामोसमय ग्याप हुनुको कारण पनि एउटै खालको अभिनय अफर आउनु रहेको बताईन । नयाँ अभिनय र पात्रका लागि अफर आएपछि मात्रै चलचित्रमा अभिनय गरेको उनको दाबी छ । हरेक अभिनय आफूलाई निभाउनका लागि कठिन हुने र आफू आफूले गर्ने अभिनयको अनुसन्धान गरेर मात्रै अभिनय गर्ने गरेको उनले बताईन ।
कार्यक्रममा अभिनेत्री रेस्मा घिमिरेले अन्तिम संस्कार चलचित्रमा आफूले निभाएको भुमिका चलचित्रका लागि र आफ्ना लागि पर्याप्त रहेको बताईन । यो चलचित्रमा खेलेपछि कुनैपनि भुमिकामा अभिनय गर्नका लागि आत्मविश्वास बढेको उनले बताईन । चलचित्रमा चुम्बन नेचुरल प्रसेस भएको बताउदै उनले माया गर्ने व्यक्तिले अर्को माया गर्ने व्यक्तिलाई चुम्बन गर्ने कुरा सामान्य रुपमा लिनुपर्ने बताईन । आँखा चिम्लिने गरी कुनैपनि दृश्य फिल्ममा दिन भने नसक्ने उनले बताईन ।
साई प्रोडक्शन नेपालको ब्यानरमा ह्याम्साएर एकाउण्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि’ को कथालाई चलचित्रमा समावेश गरिएको छ ।
चलचित्रमा विजय लामा,दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई ,विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग लामा,बिकाश अधिकारी,सरोज खालिङ्ग राइ,सस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगाएतको अभिनय रहेको छ। बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् । चलचित्र असार ८ गते शुक्रवारबाट देशभर प्रदर्शन भएको चलचित्रले भनेजस्तो ब्यापार र दर्शक तान्न भने सकेन ।