© २०२३
बुटवल, ३ साउन । लायन्स क्लब अफ बुटवल स्टार्सको नया नेतृत्वबाट सामाजिक उत्तरदायित्व र पर्यावरण बचाउने अभियान अन्तरगत विद्यालयलाई स्टेनशनरी प्रदान तथा वृक्षरोपण कार्यक्रम गरेको छ ।
देवदह नगरपालिकाको विकट क्षेत्रको रुपमा चिनिने केउली स्थित सरस्वती आधारभुत विद्यालयमा लायन्स डिष्ट्रिक ३२५ पि का फष्ट भिडीजी पुरुषोत्तम भक्त प्रधानाङ्ग, लायन्स डिष्ट्रिक ३२५ पि का सेकेण्ड भिडिजी बालाराम भट्टराई, क्लवका अध्यक्ष रिन्कु लिगल सहभागीतामा वृक्षरोपण सहित विद्यालयमा सहयोग सामग्री प्रदान गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक खुम बहादुर सारुलाई १५ हजार रुपैयाँ बराबरको स्टनेशरी सामान प्रदान गरिएको साथै क्लवले विद्यालय प्राङ्गणमा फलफूलका बिरुवा रोपेर लायन्सको बाताबरण संरक्षण अभियानमा एउटा इट्टा थप्न कलब सफल भएको क्लवका अध्यक्ष रिंकु लिगलले जानकारी दिए । यसैबिच क्लवका पुर्ब अध्यक्ष तथा डिस्टृक्ट चिफ एमएल पाण्डेको जन्मदिनलाई रचनात्मक कार्यमा लगाउन सफल भएको कार्यक्रमका संयोजक अब्दुल सलामतले बताए ।