© २०२३
बुटवल १ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिरलाई गलत अर्थ लगाउने गरि ईडिट गरेको तथा प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर असंवेदनशील कुरा लेखेको आरोपमा बुटवलका एक जना युवा पक्राउ परेका छन । प्रधानमन्त्रीको फोटोसंगै जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा केन्द्रीय साइवर ब्युरोले आइतबार बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो । उनलाई काठमाण्डौमा साईबर क्राईम सम्बन्धि मुद्या चलाईने छ ।
ब्युरोको टोलीले काठमाडौबाट लोकेशन पत्ता लगाई ईलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको हो । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनबारे सामाजिक सञ्जालमा असंवेदनशील कुराहरु लेखेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोको दाबी छ ।
आइतबार साँझ पक्राउ गरेको रानालाई ब्युरो टोलीले काठमाडौं लगेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताए । ‘ब्युरोबाट जनशक्ति माग भए अनुसार २ जना प्रहरी उपलब्ध गराएका हौ ।’—उनले भने । काठमाण्डौबाट आएको अनुसन्धान टोलीबाट आवश्यक काम गरेको हुदा बिस्तृत आफुलाई जानकारी नभएको उनले बुटवलटुडेलाई बताए ।