© २०२३
बुटवल, १ साउन
अवैध रुपमा भन्सार छलेर नेपाल ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । सामानसहित प्रहरीले ट्रक र ट्रक चालकलाई पनि नियन्त्रणमा लिउको छ ।
सोमबार बिहान सवा ८ बजेको समयमा जिल्ला नवलपरासी रामग्राम नगरपालिका ५ वाइपासमा प्रहरी सहायक निरीक्षक चोप बहादुर केसीको कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलीले चेक जाँचको क्रममा सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा लु १ ख ६९०२ नं. को ट्रकमा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा एक लाख ७६ हजार ६४० रुपियाँ बराबरको चुरेल (मिठाई) ९२ बोरा, र ट्रकको अन्दाजी मूल्य ६ लाख गरी जम्मा ७ लाख ७६ हजार ६४० रुपियाँ बराबरको सामान फेला पारेको थियो ।
उक्त सामान, ट्रकसहित चालक जिल्ला नवलपरासी पाल्हिनन्दन गाउँपालिका वडा न ५ बस्ने वर्ष ४० को मोहमद धानी पठानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको छ ।