© २०२३
बुटवल, ३१ असार ‘युवा भविष्यका आशा’ नारा बोकेका युवाहरुको समुह कोबरा गाईजले ऐतिहासिक पर्यटकियस्थल नुवाकोट सरसफाई गरेका छन । आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न जाने सो क्षेत्रमा फोहोरको डंगुर बढेका सुचनाहरु सामाजिक संजालमा आउन थालेपछि आफुहरुले अभियान चलाएको अध्यक्ष सन्तोष राईमाझीले बताए ।
‘हाम्रो पर्यटकिय स्थलको संरक्षणको जिम्मेवार हामी नै हौ ।’— उनले भने । युवाहरुलाई क्रियाशिल बनाएर सामाजिक र वातावरणको विषयमा सचेत बनाउने काममा संस्थागत रुपमा अघि बढेको उनले बताए । समाजमा हुने गरेको बिसंगति, बिकृति बिरुद्ध सचेतना जगाउने लक्ष्यसहित युवाहरुलाई गोलबद्ध गरेको उनले बताए । थोरै थोरै सहयोग रकम उठाएर समाजमा नमुना काममा अग्रसर रहदै आएको उनले बताए ।
शनिवारको दिन पाल्पा जिल्लामा रहेको रमणीय पर्यटकीय तथा ऐतिहासिक स्थल नुवाकोटको सरसफाई कार्यक्रममा डेढ सय बढी युवाहरुको सहभागिता रहेको उनले बताए । समुहका उपाध्यक्ष सरोज थापाको संयोजकत्वमा भएको नुवाकोट सेरोफेरोमा रहेको फोहोरजन्य पदार्थहरुको संकलन गरिएको बताए । पर्यटकहरुबाट फयाकिने प्लाष्टिकजन्य फोहोर, शिसाका बोटलहरु धेरै रहेको उनले बताए ।
केही स्थानमा डष्टबिन राखिएपनि त्यो भरिदासम्म ब्यवस्थापन नहुदा दुर्गन्ध बढेको गुनासाहरु सुनिएको उनले बताए । ‘५ सय बढी सिसाका फुटेका बोटलहरु ब्यवस्थापन गरेका छौ ।’— उनले भने । नियमित रक्तदान कार्यक्रमका साथै अन्य सामाजिक गतिविधीहरुमा अग्रसरता रहेको उनले बताए । क्लबमा रुपन्देही जिल्लाका विभिन्न पालिकाहरुका युवाहरु संगठित भएर लागेका छन ।
नुवाकोटको सफाईमा स्थानिय पालिका सजग हुनुपर्ने उनको दाबी छ । सो क्षेत्रमा रहेका पर्यटन सम्बन्धी काम गर्ने संघसंस्थाहरु समेत अग्रसर भएर नुवाकोटलाई हराभरा र सुन्दर बनाउन लाग्नुपर्ने युवाहरुको तर्क छ ।