© २०२३
बुटवल, ३० असार । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरू प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ । रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान गर्दै बजेट अनुकूल स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने लक्ष्य राखेको छ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, अमित कुमार पंडाज्युले भने–‘ हामी शाओमीका प्रविधियुक्त स्र्माटफोनहरू सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौँ । रेड्मी १२ मोडलमा फिचर, प्रदर्शन र किफायतीको संयोजन मार्फत हामी इन्ट्री लेबल स्र्माटफोनलाई पुन : परिभाषित गर्ने उद्देश्य राखेका छौँ । हामीलाई विश्वास कि यस डिभाइसले प्रयोगकर्तालाई डिजिटल संसारका सम्पूर्ण सम्भावनाहरूका ढोका खोल्नेछ ।” रेड्मी १२ मा १२ एन एममा निर्मित ओकेटा कोर मिडियाटेक हिलियो जी ८८ प्रोसेसर, २ जेगाहर्ज मा २ एक्स आर्म कोरटेक्समा उपलब्ध छ । ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबीको स्टोरेज गरी जम्मा २ भेरियन्टमा उपलब्ध छ ।
स्टोरेज भने १ टिबी सम्म थप गर्न मिल्नेछ । डिभाइसमा २४६० बाई १०८० को रिजोलुसन र ३९६ पिपिई सहितको ६.७९ फुलएचडी प्लस डट डिस्प्ले समावेश छ । यस डिभाइसमा १५०० को कन्ट्रास रेसियो, ७०५ एनटिएससी कलर ग्यामट तथा ५५० एनआईटिएस(एचबिएम) सम्मको अधिकतम ब्राइटनेस सहित उपलब्ध हुनेछ । यस डिभाइसले ३६, ४८, ६० र ९० हर्ज रिफ्रेस रेटको अप्सन सहित अडाप्टिभ सिंक सपोर्ट गर्छ । साथै रिडिंग मोड ३.० र एसजिएस लो ब्लु लाईट पनि यस मोबाइलले प्रदान गर्छ ।
फोनमा ५००० एम ए याच ब्याट्री जडान गरिएको छ जसले १८ वाट फास्ट चार्जिङ समर्थन गर्दछ । बक्स भित्र २२.५ वाट को फास्ट चार्जर पाउनुहुनेछ । यसमा चार्जिङ र डाटा ट्रान्सफरका लागि युयसबी–सी पोर्ट रहेको छ । सुरक्षाका अप्सनहरूमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक समावेश छ । रेड्मी १२ मिडनाइट ब्ल्याक, स्काई ब्लू र पोलर सिल्भर गरी तीन रंगहरूमा र ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । साथै यसमा १ टीबी सम्म एक्स्पाण्डेबल स्टोरेजको सपोर्ट रहेको छ ।६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य रु. १७,९९९ र रु.२०,९९९ रहेको छ । रेड्मी १२ असार २९ बाट नेपालभरका सबै आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध हुनेछ ।
बुटवलमा बिनायकले गर्यो एमआईको नया मोडल रेडमी १२ लन्च
एमआई को नया मोडेल रेड्मी १२ मोबाईल फोन बुटवलमा लन्च गरिएको छ । बिनायक मल्टी सप्लायर्स प्रालीको आयोजनामा शुक्रबार एक समारोहका बिच एमआईको नया मोडल रेडमी १२ लन्च गरिएको हो । रेडमी १२ को ८ जिबि रेम २५६ जिबि मेमोरी र ६ जिबि रेम १२८ मेमोरीका दुई मोडलमा आउने छ। जसको बजारमुल्य २०९९९ र १७, ९९९ रुपैया रहेको छ।
नया भेरियन्टमा ब्याक प्यानल, डिस्प्ले फुल एचडिप्लस, पावरफुल प्रोसेर, फिङ्गरप्रिन्ट सेन्सरमा नयापन रहेको छ। १६ जिबिसम्म एक्टेन्सन गर्न मिल्ने क्षमता छ । ५ हजार एमएएचको र फास्ट चार्जर रहेको सहायक बजार ब्यवस्थापक मोहित रत्न राजभण्डारीले बताए ।
समयसापेक्ष धेरै फिचरहरु थप गरिएको यो मोडेलको मोबाइलको मूल्यमा ईकोनोमी रहेको सप्लार्यसका संचालक आशिष श्रेष्ठले बताए । यसैगरि रेडमी कै ए टु र एटु प्लसका थप २ भेराईटीमा आउँछ। जुन ८ मेगापिक्चरको क्यामरा छ। यसअघि भर्खरमात्र लन्च भएको रेडमी नोट १२, नोट १२ प्रो, नोट १२ फाईभजी र रेडमी १२ सि मोडल लन्च गरेको थियो । जुन यसको गुणस्तर र बजारको माग धेरै रहेको छ ।