ट्रेंडिंग:

>> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान 

पाठ्यक्रमको शिक्षाले विदेश जान खोज्नेहरु बढेः मेयर पाण्डे

२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

बुटवल, २९ असार ।

नेपालको शिक्षाको पाठ्यक्रमले देश र समाजको बेवास्ता गर्दै विदेश जान लालायित हुने जनशक्ति तयार गरिरहेको भन्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले चिन्ता व्यक्त गरेका छन् ।

कालिका मानवज्ञान माबिद्वारा आयोजित शैक्षिक गुणस्तर अभिवृद्धि तालिममा बोल्दै मेयर पाण्डेले पाठ्यक्रम र पुस्तकमा आधारित ज्ञानलाई मात्र उपलब्धि ठान्ने प्रवृत्तिले गर्दा विद्यार्थीहरुमा संस्कार, नैतिकता र चरित्रमा स्खलन आएको बताए । विद्यालयमा अध्ययन पूरा गर्दा पनि विद्यार्थीले कुनै सीप सिक्न नसकी अदक्ष कामदारको रुपमा बिदेश जानू पिडादायी व्यवहार भएकोमा सबैलाई चिन्तित बनाएकोले बुटवललाई सीप र संस्कारयुक्त शिक्षा हासिल गर्ने थलो बनाउन बुटवल उपमहानगरले नयाँ कार्ययोजना साथमा अघि बढ्न लागेको बताउँदै त्यसमा सबै शिक्षालय र नागरिकको सहयोगको अपेक्षा गरे ।

कालिका मानवज्ञान माबिमा कक्षा ११ र १२ का शिक्षकहरुको लागि आयोजित तालिममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शिक्षकहरु पुर्वयोजना र तयारीका साथ कक्षाकोठामा प्रवेश गरेमा मात्र शिक्षण प्रभावकारी हुने भएकोले शैक्षिक सत्रको शुरुमा गुणस्तर अभिवृद्धि तालिम आयोजना गरेको बताए । उनले शैक्षिक सुचकमा मात्र नभएर असल अभ्यासमा समेत कालिका मानवज्ञान मावि नेपालमै प्रथम हुन सकेको जानकारी दिदै यी असल अभ्यासहरु सबै विद्यालयमा हस्तान्तरण गर्न आफुहरु तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयलाई अब्बल बनाउन अभिभावकको चासो, विद्यालय प्रशासनको ठोस यिजना र शिक्षकको मेहनतले मुख्य भुमिका खेल्ने भएकोले यी सबै कुरालाई प्रेरित गर्न स्थानीय सरकारले दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

विद्यालयमा हुने ३ दिने तालिममा वार्षिक योजना निर्माण र उप्रेरणा सम्बन्धमा विभिन्न प्रशिक्षकहरुले प्रशिक्षण दिने विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?