© २०२३
बुटवल, २९ असार तेस्रो रुपन्देही कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि ब्रदर्श एफसीले चुमेको छ । बिहिबार भएको फाईनल खेलमा आयोजक फुलबारी गाईजलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै ब्रदर्शले उपाधि चुमेको हो ।
ब्रदर्शले उपाधिसंगै नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता आयोजक फुलबारी नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा ब्रदर्श एफसीका आयुस गुरुङ सर्वोत्कृष्ट खेलाडी, ब्रदर्शका बिशाल उत्कृष्ट गोलकिपर, फुलबारीका मनोज श्रेष्ठ उत्कृष्ट डिफेन्स, फुलबारीका आमोस पुन उत्कृष्ट मिडफिल्डर, झरना स्पोट्स क्लबका अंकित रास्कोटी हाई स्कोररबाट पुरस्कृत भए ।
निक्कै प्रतिस्प्रर्धात्मक खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । थप गरिएको समयमा ब्रदर्श एफसीका हिमाल थापा र ईन्द्र भण्डारीले गोल गर्दै टिमलाई बिजयी गराए । फुलबारीका आमोस पुनले सान्त्वना गोल गरे ।
एक समारोहका बिच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, लुम्बिनी प्रदेश बक्सिङ संघका अध्यक्ष राजु गुरुङ, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि), रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, नेपाली यु १९ महिला टिमका हेड कोच याम प्रसाद गुरुङ, समाजसेवी गणेश शाही, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, भुपुसैनिक क्लबका कोषाध्यक्ष लोक बहादुर गुरुङ, वडा नं १७ का निवर्तमान वडाअध्यक्ष सन्त बहादुर राना, क्लबका अध्यक्ष अर्जुन गुरुङ, महासचिव तेजु राना मगरले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन ।
असार १६ गतेसम्म शुरु भएको प्रतियोगितामा ३१ टिमले भाग लिएको खेल संयोजक यम ब. सिङ्जाली मगरले बताए ।