© २०२३
लमही, २९ असार– देशभरकै उत्कृष्ट बचत तथा ऋण सहकारीको रूपमा सम्मानित भएको छ । लमहीमा बिहीबार भएको लुम्बिनी प्रदेश स्तरिय कार्यक्रममा सहकारीको विकास प्रवर्द्धन र सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै देशभरमा उत्कृष्ट बचत सहकारी संस्थाको राष्ट्रिय सहकारी बैंक लिमिटेडले सम्मानपत्रबाट सम्मान गरेको हो ।
गत पौष १८ गते सम्पन्न सहकारी बैंकको १९ औं वार्षिक साधारणसभाका अवसरमा कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई देशभरमै उत्कृष्ट बचत सहकारी संस्थाको रूपमा घोषणा गरेको थियो । लुम्विनी प्रदेशका आन्तरीक मामिला कानुन तथा सहकारी मन्त्रालयका मन्त्रि सन्तोष कुमार पाण्डेयले कलश सहकारीका अध्यक्ष बालचन्द्र शर्मालाई प्रमाणपत्र सहित सम्मान गरेका हुन ।
कार्यक्रममा मन्त्रि पाण्डेले सहकारीलाई समाजमा उत्पादनमूलक कार्यमा काम गर्न आग्रह गरे ।कार्यक्रम राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केवि उप्रेती र लुम्विनी प्रदेशका आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका मन्त्रि सन्तोष कुमार पाण्डेय उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा अन्य विभिन्न विधाहरूमा उत्कृष्ट हुने दाङका हातेमालो बचत तथा ऋण सहकारी, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुभम् लघुउद्यम सहकारी संस्था लिमिटेड, राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहयोगी बचत तथा ऋण सहकारी संस्था लगायतलाई सहकारी संस्थाहरूलाई सम्मान गरिएको थियो ।