ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

कुमालटारीको बाँझो जमिन अब हराभरा

२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

गुल्मी, २९ असार ।   जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको सहयोगमा गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ अन्तर्गत कुमालटारी सिँचाइ योजना अन्तर्गत नहर निर्माण भएपछि यतिबेला त्यहाँका किसानहरूमा खुसि थपिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको आर्थिक सहयोगमा बावुल पन्थ वेष्टर्न पपुलर जेभिले उक्त ठाउँमा छ हजार छ सय ५० मिटर लामो नहर निर्माण गरेको छ ।

एक सय हेक्टर क्षेत्रफलको जमिनमा सिँचाइको सुबिधा पुर्याउनको लागि स्थानीय जाबुने खोलाबाट छ हजार छ सय ५० मिटर लामो नहर निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले जानकारी दिए । उनले एक सय हेक्टर क्षेत्रफलमा सिंचाइको सुबिधा पुगेकोले अब जग्गामा खेतीपाती गरेर हराभरा बनाउन सबै उपभोक्तालाई आग्रह गरे ।

२०७९ बैशाख ८ गते जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको सहयोगमा बावुल पन्थ वेष्टर्न पपुलर जेभिबीच कुल एक करोड ७१ लाख रूपैयाँमा योजनाको निर्माण कार्य सम्पन्न भएको थियो । उक्त योजना सम्पन्न गर्ने मिति भन्दा झण्डै पाँच महिना अवागै निर्माण कार्य सम्पन्न गरिएको थियो । निर्माण व्यवसायी केसीले आफूले प्रतिबद्धता जनाए अनुरूप समयमै काम सम्पन्न गरेको बताए । उनले बाँझो रहेको जमिनमा यो सिजनमा सिंचाइ हुनेगरि उपभोक्ताको हितलाई मध्यनजर गरेर तिव्र गतिमा काम सम्पन्न गरेको बताए ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले एक कार्यक्रमका बीच गुल्मीदरबार गाउँपालिकालाई योजना हस्तान्तरण गरेको थियो ।गाउँपालिकाले उपभोक्तालाई संरक्षण गर्ने गरि उपयोग गर्न आग्रह गरेको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले आफूहरूले छोटो समयमै ठूलो बजेटको काम सम्पन्न गरेको कुमालटारी सिँचाइ योजना रहेको बताए । उनले निर्माण व्यवसायीबाट पनि समयमै गुणस्तरीय काम भएको बताएका थिए ।

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले सिँचाइको सुविधापछि अब त्यस क्षेत्रको जमिन बाँझो नराख्न उपभोक्तालाई आग्रह गरे । ‘सिँचाइ सुविधाको व्यवस्था गरेका छौं’ अध्यक्ष थापाले भने, ‘बाँझो जमिनमा खेती गर्ने र नहरको संरक्षण गर्ने उपभोक्ताको जिम्मेवारी हो ।’—उनले भने । जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले समय अवागै योजनाको निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी, रेखदेख गर्ने सिंचाइ कार्यालय, सुविधा लिने उपभोक्ता र समन्वय गर्ने गाउँपालिकालाई धन्यवाद दिए । ‘सिँचाइ नै नभएर जग्गा खाली रहे हाम्रो चिन्ताको बिषय हो’ —जिसस प्रमुख खत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?