© २०२३
बुटवल, २८ असार । कान्ति माध्यामिक विद्यालयको कान्ति जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुले बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा स्थित श्री सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन । बिहिबार कार्यक्रम गरि १५ हजार रुपैया बराबरको खाद्यान्न सामग्री वृद्धाश्रममा हस्तान्तरण गरिएको हो ।
विद्यार्थीहरुले आफ्नो खाजाको रकम बचत गरेर सो सहयोग गरेको विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख महेश खनालले बताए । परोपकारी भावनाका साथ बालबालिकाहरु सामाजिक सेवामा अग्रसर हुदै आएको उनले बताए । शैक्षिकसत्र २०८० को शुरुवातमा कान्ति जूनियर रेडक्रस सर्कल, कान्ति बाल क्लब, कान्ति इको क्लब, कान्ति स्टुडेन्ट्स क्वालिटी सर्कल जस्ता क्लबहरु गठन गरी विद्यार्थीहरुमा नेतृत्व कला, सिप र लुकेका प्रतिभा प
स्तफुटनको आधार तयार भएको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए ।कार्यक्रममा कान्ति जुनियर रेडक्रस सर्कलका १ सय ५० विद्यार्थीहरुबाट सहयोग रकम जुटेको थियो ।