© २०२३
दाङ, २८ असार ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुइदिनमा दुइजनाको ज्यान गएको छ । अस्सिजन सिलिन्डर विस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा आज बिहीबार एक बालकको ज्यान गएको छ । घोराही ३ वगद्धी का ११ वषर््ीाय आक्रोश नेपालीको मृत्यु भएको हो । एमआरआइ गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण बालकको ज्यान गएको परिवारले जनाएका छन् ।
सामान्य अवस्थाको विरामी अस्पतालको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले अस्पतालमा विरोध प्रदर्शन गरेका छन । अस्पतालको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन् । मृतक विरामीका आफन्त अनुप नेपालीले दोषी चिकित्सकलाई कारवाही गर्नु पर्ने माग राखेका छन् । यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. रमेश कँडेलले यसलाई भवितब्य घटना भनेका छन् । कुनै पनि विरामीलाई निको पारेर घर पठाउने जिम्मेवारी आफुहरुको भएपनि कहिले काही यस्ता घटना हुन गरेकोमा आफु दुखी भएको प्रतिक्रिया दिदै अस्पतालको कमजोरी स्वीकार गरे ।
त्यसैगरी आफै मोटरसाइकल चलाएर आएका रोल्पाको रुन्टिगढी गाउँपालिका ४ का वडाध्यक्ष टंकबहादुर पुनको पनि बुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । स्क्रवटाइफसका विरामी पुनको उपचारमा पनि डाक्टरहरुले लापरबाही गरेकै कारण मृत्यु भएको परिवारले जनाएको छ । आइसियुमा उपचारका क्रममा ३–४ घण्टासम्म स्वास्थ्यकर्मी र डाक्टरहरु हेर्न नगएको र उपचारमा लापरबाही गरेकै कारण वडाध्यक्ष पुनको मृत्यु भएको अस्पतालले स्वीकार गरेको छ । मृतकका आफन्त र अस्पतालबीच लामो छलफलपछि अस्पतालले माफी माग्दै आगामी दिनमा गल्ती सच्चाउने प्रतिवद्धता जनाएको २४ घण्टा वित्न नपाउदै अर्को विरामीको ज्यान गएपछि अहिले बार्ताटोली गठन गरी सहमतिको प्रयास गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।