ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
सम्पादकीय

अपराधजन्य घटनामा ध्यान जाओस्

२८ असार २०८०, बिहीबार
२८ असार २०८०, बिहीबार

केही दिन अघि रूपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा बम विष्फोटमा संलग्न भएको अभियोगमा तीनजनालाई पक्राउ गर्याे । त्यसैक्रममा भारतको गोरखपुर आसपास क्षेत्रमा चोरी र डकैतीमा संलग्न कुख्यात महिला अपराधीलाई भैरहवाबाटै प्रहरीले पक्राउ गर्यो ।

विगत एक महिनाको अवधीमा रूपन्देही प्रहरीलाई अपराधजन्य घटना नियन्त्रणमा सफलता मिलेको छ । यी घटनाले अर्को के कुराको संकेत गर्दछ भने रूपन्देही विभिन्न अपराधजन्य घटना श्रृंखलाको ट्रान्जिट पोइन्ट बन्दैछ । यो खतराको अवस्थामा प्रहरी प्रशासनको ध्यान अपराधजन्य घटना नियन्त्रणमा ध्यान जाओस् । बम विष्फोट आरोपमा पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–७ ‘विष्फोटक पदार्थ सम्बन्धी कसुर’ शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

घरमै बम बिष्फोट गराउने कुरालाई सामान्य भन्नै मिल्दैछ । तसर्थ उनीहरूलाई कमजोर मुद्दा दर्ता गरेर छिटो रिहा गराउने काममा कसैको पनि संलग्नता नहोस् भन्नेतर्फ प्रहरी प्रशासनको ध्यानाकर्षण होस् । रूपन्देही प्रहरीका अनुसार २०८० वैशाख १ गते रूपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरपछाडीको पर्खाल नजिकै विष्फोटक पदार्थ जस्तो देखिने पदार्थ (प्रेसर कुकर बम) भेटिएको थियो । नेपाली सेनाको विष्फोटक टोलीबाट उक्त बम डिष्पोज गरिएको थियो ।

त्यस्तै, गत असार १ गते बिहान साढे २ बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरव प्रसाद कलवारको शिवम इम्पेक्सको (दाना फ्याक्ट्री गोदाम) कम्पाउण्डमा पर्खाल बाहिर विस्फोटक पदार्थ (प्रेसर कुकुर बम) विष्फोट भएको प्रहरीले जनाएको छ । त्यसैगरी, गत असार १ गते बिहान ६ः१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा प्रेसर कुकुर बम विष्फोट भएको थियो । यसले त्रास बढाउने काम गरेको छ ।

अर्कोतर्फ पछिल्लो दिनहरूमा अपराधमा प्रयोग हुँदै आएका हतियारसहित पक्राउ पर्ने क्रम पनि बढेको छ । यसले के बुझिन्छ भने अपराध गर्नेक्रम पनि बढेको छ । अपराधमा संलग्नहरू नेपाल भारत सिमावर्ती क्षेत्रमा नै बसोबास गर्छन र उनीहरू पैसाको लोभ तथा आफ्नै रिसइवीमा हत्यामा संलग्न हुन्छन । सन्दर्भ के हो भने विषय, स्थान र गंभीरता र अपराधका श्रृंखला कुन क्षेत्रमा बढी छ भन्ने कुरा पनि हो ।

यस्ता घटना भैरहवा, बाँके, परासी र पूर्र्वी क्षेत्रमा बढी हुने गरेको छ । यद्यपि पछिल्लो समय देशका विभिन्न क्षेत्रमा यस्ता घटना बढ्दै गएका छन । साना साना हतियारले बढाएको अपराधको त्रासलाई कम गर्नेतर्फ अव ध्यान दिनु जरुरी छ । अहिले देशभरि अपराधजन्य घटनाका समाचार बढेको छ । पछिल्लोसमय मानिसमा अपराधको मानसिकता नै तयार भएको देखिन्छ । सामान्य घटनामा पनि मानिसको हत्या भएका घटना सुन्नमा आएका छन । खासगरी तराईका जिल्लामा अहिले अपराधका घटनाले जनजीवनमा सन्त्रासको अवस्था उत्पन्न भएको छ ।

तराईका विभिन्न स्थानमा भएका अपराधजन्य घटनाले जनजीवनमा पनि गंभीर असर परेको छ । पछिल्लो समय भैरहेका अपराधजन्य श्रृंखलाका घटनाले मुलुकको शान्ति सुरक्षाको अवस्था कमजोर वनेको देखिएको छ । यद्यपी रूपन्देहीको प्रहरी प्रशासनले अपराध नियन्त्रणमा जुन प्रयास गरेको छ, त्यो सराहनीय छ । अपराधजन्य घटना बढ्नु भनेको सुरक्षाको अवस्था सुढृढ नहुनु पनि हो । तसर्थ पछिल्लोपटक जुन अपराधको त्रास देखिएको छ, यस्तो अवस्था तत्काल निराकरणका लागि प्रशासन गंभीर हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?