ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

दोहोरोपन आउन नदिन सुझाव

२८ असार २०८०, बिहीबार
२८ असार २०८०, बिहीबार

कपिलवस्तु,  २८ असार   कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकामा युनाईटेड मिसन टु नेपाल (युएमएन) को साझेदारीमा कार्यान्वयनमा ल्याईएका परियोजनामा दोहोरोपना आउन नदिन सुझाव दिईएको छ । युएमएनको आयोजनामा तौलिहवामा सम्पन्न जिल्ला परियोजना सल्लाहकार समितीको बैठकले सो सुझाव दिएको हो ।

जिल्ला समन्वय समिति कपिलवस्तुका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले परियोजनाका कार्यक्रम छनौट र कार्यान्वयन गर्दा लाभग्राहीमा दोहोरोपन आउन नदिने, सरकारी निकायले उपलब्ध गराउने श्रोत बारे समन्वय गर्ने र मानसिक स्वास्थ्य परियोजनालाई मायादेवी गाउँपालिका मात्रै नभई अन्य पालिकामा बिस्तार गर्न सुझाव दिईएको हो । समितिले गरेको अनुगमनमा जिविकोपार्जन सुधारको कार्यक्रम कार्य क्षेत्रमा प्रभावकारी कार्यान्वयन भएको भेटिएको जनाए । सदरमुकाम दक्षिणका क्षेत्रमा वैकल्पिक उर्जाका लागि गोबर ग्यासको प्रबद्र्धन गर्न लाग्नु पर्ने उनले सुझाव दिए । आफुले पछिल्लो समय जिल्लाको कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिकाको बिकास सुचकांकलाई मध्य नजर गरि .कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिने गरेको प्रमुख आचार्यले प्रष्ट्याए ।

सो अवसरमा युएमएनका जिल्ला कलस्टर टिम लिडर रुप कुमार बिकले सनसाईन सामाजिक बिकास संस्था र दलित सामाजिक बिकास केन्द्रको साझेदारीमा जिल्लाको दुई पालिकामा ६ वटा परियोजना कार्यान्वयन गरिएको जानकारी दिए । उनले सेक्योर परियोजना अन्र्तगत जिविकोपार्जन सुधारका कार्यलाई बढावा दिएको र सिवाईसिसी परियोजना अन्र्तगत मायादेवीका २३ बिद्यालयका १ सय ४ कक्षा कोठामा सामाग्री उपलब्ध गराई बालमैत्री बनाउन भुमिका खेलिएको जनाए । त्यसै गरि ति कार्य क्षेत्रमा स्वास्थ्य पुर्नस्थापना कार्यक्रम, अपाङ्गता भएका बालबालिकाको सामाजिक र उपचारमा प्राथमिकता कार्यक्रम, शान्तिको लागि स्थानिय क्षमता परियोजना र मानसिक स्वास्थ्य परियोजना सञ्चालन हुदै आएको बताए ।

कार्यक्रम सञ्चालनमा लाभग्राही छनौटमा दोहोरोपन आउन दिन नहुने समन्वय समितिका उपप्रमुख रमेश कुर्मीले सुझाव दिए । जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेले बैदेशिक रोजगारीले मानसिक स्वास्थ्यमा समस्या बढाएकोले कार्यक्रम सो बिषयमा केन्द्रित गर्नु पर्ने बताए । पुर्वाधार बिकास भन्दा पनि शिक्षामा लगानीले प्राथमिकता पाउनु पर्नेमा मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेश्वर यादवको जोड थियो । पशु बिज्ञ केन्द्रका प्रमुख बिष्णु प्रसाद खनाल, गैसस महासंघ जिल्ला अध्यक्ष जयप्रकाश पाण्डेय, दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक रामशरन रैदास, सनसाईनका अध्यक्ष शिवलाल यादव, युएमएनका मेल्सन श्रेष्ठ लगायतले सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिल्लास्तरको सहकार्य बृद्धि गर्नु पर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?