ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

सिद्धार्थनगरको १३ औँ अधिवेशन सम्पन्न

२७ असार २०८०, बुधबार
२७ असार २०८०, बुधबार

नगरपालिका ल्याएको नीति तथा कार्यक्रममा नगरलाई ‘क्लिन’ ‘ग्रिन’ ‘इको फ्रेन्डली’ बनाउन वृक्षारोपण, ८० वर्ष उमेर माथीका जेष्ठ नागरिकको घरदैलोमा गई स्वास्थ्य जाँच गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने स्थलमा प्रभावित बासिन्दाको निःशुल्क बीमा , ब्लड बैंक मार्फत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने, उपप्रमुख सुत्केरी भेटघाट कार्यक्रम, सार्वजनिक शौचालयको निर्माण, अटोमेटिक नम्बर प्लेट रिडिङ्ग प्रणली जडान, छाडा चौपायाको व्यवस्थापन, फायर हाइड्रेन्ट जडान, वाटर एटिएमसम्मका कार्यक्रम

 

भैरहवा, २७ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको अगामी आर्थिक वर्ष ०८०/०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

नगरपालिकाको १३ औँ नगर सभाको असार १० गते बसेको पहिलो बैठकले आर्थिक वर्ष ०८०/०८१ का लागि नगर उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको एक अर्ब १३ करोड बढी रुपैयाँ बजेट दोस्रो बैठकमा छलफल पछि सर्वसम्मतले पारित भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । जस अनुसार चालु तर्फ ५८ करोड ६ लाख ८० हजार सात सय ४ रुपैयाँ र पुँजीगत तर्फ ५५ करोड ३४ लाख ६१ हजार २ सय ९६ रुपैयाँको बजेट प्रस्तुत भएको थियो ।

यस्तै नगर प्रमुख इश्तियाक अहमद खानले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि छलफल पछि संसोधन सहित सभाले सर्वसम्मतले पारित गरेको हो । सभाको असार २६ गते बसेको तेस्रो बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण, न्यायिक समिति, लेखा समितीको प्रतिवेदन छलफपछि सर्वसम्मतले पारित गरेको छ भने सभामा पेश भएको कर्मचारी व्यवस्थापन विधेयक तथा शिक्षा ऐन, २०७४ संसोधन विधेयकमा नगर सभा सदस्यले अध्ययनको माग गरेपछि हिउँदो अधिवेशनमा पुनः पेश गर्ने गरी नगर सभाको १३ औँ अधिवेशन समापन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए ।

आर्थिक वर्ष ०८०÷०८१ म संघीय सरकारबाट समानीकरण अनुदानमा १७ करोड ८९ लाख, ससर्त अनुदानमा २८ करोड ५४ लाख, समपूरक अनुदान ८० लाख, विशेष अनुदान ९० लाख, राजस्व बाडफाँड १० करोड ४३ लाख ४६ हजार र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ३७ लाख ३३ हजार, ससर्त अनुदान ८६ लाख ५० हजार, राजस्व बाडफाँड ८६ लाख ८० हजार चार सय १३, समपूरक अनुदान एक करोड ५० लाख, नेपाल सरकार तथा एशियाली विकास बैंकको संयुक्त लगानीमा संचालन हुने परियोजना लागि दातृ निकायबाट प्राप्त हुने १३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाँड ५ करोड, आन्तरिक आयबाट १९ करोड ९५ लाख र अनुमानित बैंक मौज्दात ११ करोड ८९ लाख ३२ हजार ५ सय ८७ गरी एक अर्ब १३ करोड ४१ लख ४२ हजार रुपैयाँको बजेट अनुमान गरी पारित भएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

यस्तै नगरपालिका ल्याएको नीति तथा कार्यक्रममा नगरलाई ‘क्लिन’ ‘ग्रिन’ ‘इको फ्रेन्डली’ बनाउनका लागि वृक्षारोपण सहितको कार्यक्रम, ८० वर्ष उमेर माथीका जेष्ठ नागरिकको घरदैलोमा गई स्वास्थ्य जाँच गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने स्थलमा प्रभावित बासिन्दाको निःशुल्क बीमा कार्यक्रम, ब्लड बैंक मार्फत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम संचालन गर्ने, उपप्रमुख सुत्केरी भेटघाट कार्यक्रम, सार्वजनिक शौचालयको निर्माण, अटोमेटिक नम्बर प्लेट रिडिङ्ग प्रणली जडान, छाडा चौपायाको व्यवस्थापन, फायर हाइड्रेन्ट जडान, वाटर एटिएम लगायत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?