ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

रोटरी रुपन्देहीको पदस्थापन तथा पत्रकार सम्मान

पत्रकार घिमिरेलाई रोटरी सामाजिक पत्रकारिता पुरस्कार
२६ असार २०८०, मंगलवार
२६ असार २०८०, मंगलवार

बुटवल, २६ असार ।   रोटरी क्लब अफ रुपन्देहीले रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार दिपक घिमिरेलाई पुरस्कृत गरेको छ । मंगलबार आयोजित क्लबको १२ औं पदस्थापन तथा वर्ष २०२२३÷२४ को धन्यवाद ज्ञापन कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा कलम चलाई योगदान पुर्याएको भन्दै उनलाई नगद ११ हजार १ सय ११ रुपैंयासहित सम्मान पत्र र दोसल्लाले पुरस्कृत तथा सम्मान गरिएको हो । एक कार्यक्रमका बिच डिष्ट्रिक्ट गर्भनर नोमिनी बिनोद कोइराला र पुरस्कारका संस्थापक तथा क्लबका पूर्व अध्यक्ष गौतम भुसाल, क्लबका अध्यक्ष हरि लम्सालले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

क्लबका पूर्व अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गीय हजुर बुवा केशवराज एवम् हजुरआमा हिमादेवी भुसालको स्मृतिमा सो पुरस्कारको स्थापना गरेका हुन । पुरस्कार हरेक वर्ष रुपन्देहीलाई कार्य क्षेत्र बनाएर सामाजिक क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई दिइँदै आएको उनले बताए । गत वर्ष उक्त पुरस्कार पत्रकार स्व. एन.बी. कंडेलले प्राप्त गरेका थिए । यस वर्ष सम्मानित तथा पुरस्कृत घिमिरे भैरहवामा रहेर लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत छन् । उनी खबरपात्रो डटकमका सम्पादक हुन् ।

कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर नोमिनी बिनोद कोइरालाले क्लबलाई सामाजिक क्रियाकलापमा थप सक्रिय भएर काम गर्न सुझाब दिए । यसैबीच पदस्थापनको अवसरमा निवर्तमान अध्यक्ष ऋषिराम भण्डारीले आफ्नो कार्यकाल वर्ष २०२२÷२३ मा गरेका क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्लबको डाइरेक्टरी प्रकाशनसमेत गरिएको थियो । सामाजिक क्रियाकलापहरुमा सक्रिय रहेको क्लबले आफ्ना सदस्यका परिवारबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरी क्लवमा नयाँ सदस्यका रुपमा प्रवेश गरेका ६ जना नयाँ सदस्यलाई पिन हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा एजी कृष्ण शर्मा, डिष्ट्रिक पब्लिक इमेज चेयर पर्सन राजकुमार गुप्ता, रोटरी डिस्ट्रिक ट्रेनर राजेन्द्र लम्साल, रोटरी क्लब अफ बुटवलका निवर्तमान अध्यक्ष बोनिन पिया, क्लबका एजी राजुदेवी खनालले सामाजिक क्षेत्रमा रोटरीको योगदानको बारेमा प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?