© २०२३
चन्द्रौटा(कपिलवस्तु), २६ असार ।
कपिलवस्तुको एक साझेदारी वनमा अनुगमन गरिएको छ । शिवराज साझेदारी वन व्यवस्थापन समितिको वनको विभिन्न क्षेत्रहरूको मंगलबार अनुगमन गर्दै अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिइएको व्यवस्थापन समितिले जनाएको छ । साझेदारी वनले एक लाख ३० हजार बिरुवा उत्पादन गरेको छ ।
आर्थिक वर्ष ०७९।८० मा स्थानिय नागरिकहरूलाई निःशुल्क वितरण गर्ने उद्देश्यले उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको शिवराज साझेदारी बन व्यवस्थापन समितिले अध्यक्षले हरि पोख्रलले बताए । साझेदारी वनले प्रत्येक वर्ष बिरुवा उत्पादन गरि वृक्षारोपणकोलागि सबै नागरिकहरूलाई निःशुल्क वितरण गर्ने गरेको उनले बनाए ।
सहायक वन अधिकृत प्रेम शंकर गुप्ताले वनले उत्पादन गरेका बिरुवा मध्ये टिक १ लाख २ हजार, सिमल ६ हजार, खयर ६ हजार ५ सय मसला १५ हजार ७ सय बिरुवा रहेको बताए । साझेदारी वनको क्षेत्रफल १५ सय ९ हेक्टर रहेको भएपनि ८ सय हेक्टर चुरे क्षेत्र भएकोले यस क्षेत्र कुनै पनि गतिविधि गर्न नपाउने उनले बताए ।
६ सय ८८ हेक्टर वन क्षेत्रमा प्रभावकारी रूपमा काम भएकोे बताउँदै काम भएको क्षेत्रमा विभिन्न ब्लक निर्माण गरि कार्य गरिएको गुप्ताको भनाई छ ।