ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

विद्युतीय चुल्हो बाड्दै रेसुंगा

२६ असार २०८०, मंगलवार
२६ असार २०८०, मंगलवार

गुल्मी, २५ असार   गुल्मीको रेसुङ्गा नगरपालिका ५ अन्तरगत भुवनपानीका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को संघीय मन्त्रालयबाट प्राप्त सशर्त बजेटबाट वातावरणीय सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम अन्तर्गत उक्त ठाउँका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको हो ।

भुवनपानीमा रहेको अर्खले स्वास्थ्य कार्यालयको आयोजनामा एक औपचारीक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले ज्येष्ठ नागरिक रुक्मागत खनाल, नारायण प्रसाद उपाध्याय खनाल र बालकुमारी पाण्डेलाई विद्युतीय चुल्हो हस्तान्तरण गरेर कार्यक्रको शुभारम्भ गरेका हुन ।

सोही अवसरमा नगरप्रमुख पन्थीले सबै स्वस्थ रहन आवश्यक रहेको भन्दै नागरिकको स्वास्थ्यप्रति रेसुङ्गा नगरपालिका निकै सजग र गम्भीर रहेको बताए । उनले परम्परागत चुल्होको माध्यमबाट आम नागरिकलाई आधुनिक प्रविधिको चुल्होसंग जोड्ने कार्यको शुभारम्भ भएको बताए । नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिका नागरिकको स्वास्थ्य प्रती गम्भीर रहेको भन्दै स्वस्थ नागरिक तयार भए मात्र संमृद्ध नगरपालिका निर्माण गर्न सकिने बताएका छन ।

जेष्ठ नागरिक लगायतको खानपानसंगै सरसफाइमा पनि विशेष ख्याल पुर्याउनुपर्ने बताउँदै सबै उत्पादनशील कार्यमा लागे मात्र संमृद्ध र सबल नगरपालिका निर्माणको लक्ष्य पुरा हुने बताए । एलपी ग्यासभन्दा निकै कम खर्चिलो हुने र वातावरणीय हिसाबले पनि अनुकुल हुने भएकाले विद्युतीय चुल्होको अधिकत्तम प्रयोगमा जोड दिन नगर प्रमुख पन्थीले आग्रह गरेका छन ।

रेसुंगा नगरपालिकाले ५ नम्बर वडामा हाल ३ सय ३१ थान विद्युतीय चुल्हो वितरण गरिएको वडाध्यक्ष दुर्गाप्रसाद खनालले जानकारी दिएका छन । उनले विद्युतीय चुल्हो प्राप्त गर्न बाँकी रहेकाहरुका लागि आगामी आर्थिक वर्षको पहिलो चौमासिक भित्रे वितरण गरिने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?