© २०२३
बुटवल, असार । युवाहरुलाई उद्यममा आवद्ध गराउदै स्वदेशमै उद्यमशिलता विकास गर्ने उद्येश्यका साथ स्थापना भएको नेपाली युवा उद्यमी मंचको १९ औ बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । वर्षभरि उत्कृष्ट कार्यसम्पादनको आधारमा रुपन्देही शाखा सर्वोत्कृष्ट च्याप्टरबाट सम्मानित भएको छ ।
नेपालमा १२ वटा च्याप्टरहरु मध्ये रुपन्देही च्याप्टरले युवाहरुलाई स्वदेशमा नै उद्यमशील बनाउने गरि विभिन्न तालिम, राष्ट्रियस्तरका अन्तरक्रिया, मेलाहरुसमेत गराएर छुट्टै पहिचान बनाएको छ । सर्वोत्कृष्ट च्याप्टर २०२३ बाट सम्मान पाएपछि नेपाली युवा उद्यमी मंच रुपन्देही च्याप्टर २०२२–२३ अध्यक्ष निरज प्रसाद लाकौलले युवाहरुलाई स्वदेशमा नै रोजगार सृजना गर्न सरकारबाट आवश्यक नीतिगत योजना ल्याउनुपर्ने बताए । नीजि क्षेत्रबाट भएको पहलमात्र पर्याप्त नभएको उनको तर्क थियो ।
कार्यक्रममा उद्योग मन्त्री रमेश रिजाल, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकाल सहितले लाकौललाई सम्मान पत्र प्रदान गरेका थिए । देशभरबाट १२ वटा च्याप्टरहरु बाट करिब २ सय युवा उद्यमीहरु अधिवेसन तथा सधारण सभामा सहभागी भएका थिए । अधिवेशनबाट सहारा जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।